काठमाडौँ, असार ३०-
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्नै लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन्’, ‘किनकी रिजल्ट आओस् अनि भनौला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’
गृहमन्त्री लामिछानेले नेपाल प्रहरीको कार्य क्षमताको प्रशंसा गरे ।







