काठमाडाैँ, ३० असार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी उपसभापति स्वर्णीम वाग्लेको सचिवालयले कुटपिट गर्ने धम्की आएको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले शनिबार राति वाग्लेको सचिवालयले फोन गरेर त्यसै नछोड्ने धम्की दिएको बताएका हुन् ।
‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’, उनले लेखेका छन् ।
पार्टीको समिक्षा यात्रा र त्यसको प्रतिवेदनसँगै विकास भएका घटनाक्रमले रास्वपाभित्र आन्तरिक द्वन्द सिर्जना भएको छ ।







