Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • ९. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • १०. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

के वास्तवमै चुकन्दरले शरीरमा रगत बढाउँछ ? केके छन् फाइदा ?

काठमाडौँ, १३ जेठ
दैनिक जिम जाने, व्यायाम गर्ने र उच्च रक्तचापको समस्या भएकालाई पोषणविद्हरु चुकन्दर खाने सल्लाह दिन्छन् । शरीरमा रगतको कमी हुँदा र रगतमा हेमोग्लोबिनको कमी छ भने पनि चुकन्दर खानु फाइदाजनक मानिन्छ । के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ?

चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ । किनभने चुकन्दरमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिकाहरु निर्माणमा गर्न मद्दत गर्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ ।

चुकन्दरले रगतमा हुने हेमोग्लोबिन नामक प्रोटिनलाई नियन्त्रणमा राख्ने वा त्यसको स्तर बढाउने काम गर्छ । यसले फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट शरीरका विभिन्न अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । शरीरमा रातो रक्तकोषिका निर्माणमा ह्रास हुन दिंदैन । शरीरमा रगतको कमी हुने समस्या वा रगतको कमीले हुने रक्तअल्पता अर्थात् एनिमिया जस्ता रोगबाट बचाउन पनि मद्दत गर्छ ।

नाइट्रेट तत्व पाइने चुकन्दरमा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी भिटामिन सी, भिटामिन बी १२, फाइबर, पोटासियम र मिनरल्स पाइन्छ ।

चुकन्दरका फाइदा के के छन् ?

एन्टी क्यान्सर
चुकन्दरमा नाइट्रेट तत्व पाइन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले शरीरमा अनियन्त्रित रुपमा विकास भएका कोषलाई खोजेर नष्ट गर्ने काम गर्छ । क्यान्सर जस्तो प्राणघातक रोगबाट जोगाउन मद्दत गर्छ । यो अनुसन्धानबाट पनि पुष्टि भएको कुरा हो ।

केही वर्षअघि इटालीमा गरिएको अनुसन्धानमा चुकन्दरमा पाइने बीटा सायनिन अर्थात् एन्टिअक्सिडेन्ट गुणले कोलोन क्यान्सरको कोषिकाहरुलाई नष्ट गर्ने पुष्टि भएको थियो ।

बेलायतको युनिभर्सिटी अफ एक्सेटरको एप्लाइड फिजियोलोजीका प्राध्यापक एन्डी जोन्सले १० वर्षसम्म एथ्लेटिक्सहरूको प्रदर्शनको अनुसन्धान गरेका थिए । उनका अनुसार जब हामीले चुकन्दर खान्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाले नाइट्रेटलाई नाइट्रिक अक्साइडमा परिणत गर्न थाल्छ । नाइट्रिक अक्साइड एक भासोडिलेटर हो । यसले रक्तनलीहरू फराकिलो बनाएर रगत सजिलैसँग शरीरमा प्रवाह गर्न सहयोग गर्छ ।

शरीरका अंगहरुमा पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउने काम यसले गर्छ । साथै चुकन्दरले यौन उत्तेजनाको लागि पनि नाइट्रिक अक्साइडको परिपूर्ति गर्ने बताइन्छ । यद्यपछि यसबारे अनुसन्धानबाट पुष्टि चाहिं भएको छैन ।

उच्च रक्तचाप नियन्त्रण
यसको अर्को गुण रक्तचाप नियन्त्रण गर्नु पनि हो । एक अनुसन्धानले रक्तचाप भएको व्यक्तिले केही हप्तासम्म दैनिक चुकन्दरको सेवन गरेमा रक्तचाप औसतमा पाँच मिलिमिटरले कम हुनसक्ने देखाएको छ ।

एक अनुसन्धानअनुसार केही हप्ता दैनिक दुईवटा चुकन्दर खाएमा उच्च रक्तचापमा औसत पाँच मिलिमिटरसम्म कम हुनसक्छ । चुकन्दर खानाले उच्च रक्तचापमा सुधार आउने देखिएको जोन्ह भन्छन्, ‘औसतमा सिस्टोलिक उच्च रक्तचाप (माथिल्लो उच्च रक्तचाप नम्बर)मा तीनदेखि नौ मिलिमिटरसम्म कम हुनसक्छ ।’

यसरी नै उच्च रक्तचाप नियन्त्रणमा राख्न सकेमा स्ट्रोक (मस्तिष्कघात), हृदयघातको जोखिम १० प्रतिशतले कम हुने जोन्ह बताउँछन् । चुकन्दरको प्रयोगले रक्तचाप नियन्त्रण हुँदै गएमा स्ट्रोक र हृदयघात जस्ता रोगमा कमी आउने उनी बताउँछन् ।

चुकन्दर खाएको केही घण्टामा नै उच्च रक्तचापमा असर देख्न सकिने विज्ञहरुको भनाइ छ । दैनिक चुकन्दरको जुस वा सलाद बनाएर खानाले मुटु स्वस्थ हुने अनुसन्धानहरुमा देखिएको छ । यसले रक्तप्रवाहलाई सन्तुलनमा राख्नाले मुटु चलायमान राख्नुका साथै स्ट्रोक र हृदयघातको जोखिम कम गर्छ ।

स्वस्थ मस्तिष्कको लागि चुकन्दर
चुकन्दरको दैनिक सेवनले मस्तिष्क पनि चलायमान र स्वस्थ रहन्छ । किनभने चुकन्दर हाम्रो मस्तिष्कमा रक्तप्रवाह बढाउन मद्दत गर्छ । मस्तिष्कको क्षमता समेत बढाउँछ । यसले रगतमा हेमोग्लोबिनको स्तर बढाएर शरीरमा सबै अंगमा अक्सिजन पुर्‍याउँछ । साथै यसले शरीरको चाललाई नियन्त्रण गर्ने मस्तिष्कको भागमा कनेक्टिभिटी बढ्छ ।

अनुसन्धानअनुसार दैनिक शारीरिक व्यायामका साथै चुकन्दरको जुस दिनदिनै पिउनाले प्रिफ्रन्टल कोर्टेक्स (सबैभन्दा विकसित मस्तिष्क क्षेत्र)मा रक्तसञ्चार बढ्छ, जसले मस्तिष्कको क्षमता समेत सहयोग गर्छ । अर्को शब्दमा भन्नुपर्दा चुकन्दरको रसको सेवनले मस्तिष्कलाई तन्दुरुस्त वा वयस्क बनाइराख्न मद्दत गर्छ ।

शारीरिक क्षमता बढाउन
चुकन्दरले पेट, मस्तिष्क स्वस्थ राख्नुका साथै रक्तचाप नियन्त्रण गर्छ । यसको दैनिक सेवनले मांसपेशीहरूलाई सहज अक्सिजन प्रदान गर्न सहयोग गरेर शरीरलाई ऊर्जाशील बनाउँछ ।

अनुसन्धानकर्ता जोन्हका अनुसार चुकन्दरमा पाइने नाइट्रिक अक्साइडले मांसपेशीमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गरेर शरीरलाई बलियो बनाउन सहयोग गर्छ । सन् २००९ मा गरिएको अनुसन्धानमा चुकन्दरको रस पिएर व्यायाम गर्ने मानिसमा शारीरिक सहनशक्ति १६ प्रतिशत बढाएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार नाइट्रिक अक्साइड व्यायामको बेलामा अक्सिजन खपत कम गरेर शरीरमा थकावट कम हुने गर्छ

कलेजो र पाचन प्रक्रियामा सुधार
चुकन्दरको जुस र सलादको सेवन गर्नाले कलेजो र पेटको सफाइ मद्दत गर्छ । यसमा हुने एन्टिअक्सिडेन्टले कलेजोमा हुने विकारलाई बाहिर निकाल्ने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसमा भएको फाइबरले पाचनप्रक्रिया बलियो बनाउने काम गर्छ ।

मुखभित्रको ब्याक्टेरिया सन्तुलनमा राख्छ
धेरै अध्ययन-अनुसन्धानमा चुकन्दरको सेवनले मुखभित्र रहेका ब्याक्टेरियाहरुलाई नियन्त्रणमा राख्न सहयोग गर्ने देखाएको छ । जसले विभिन्न रोग लाग्नबाट बचाउँछ । चुकन्दरको रस दिनमा दुईपटक १० दिनसम्म सेवन गरेमा मुखभित्रको ब्याक्टेरियालाई नियन्त्रणमा राख्छ ।

शरीरमा प्रभाव
सन् २०१२ मा खेलाडीहरुमा गरिएको एक अनुसन्धानमा चुकन्दर नखाने खेलाडीको तुलनामा चुकन्दर खाने खेलाडी पाँच प्रतिशत छिटो दौडिएका थिए । त्यसैले खेलाडीहरुलाई खेल सुरु हुनुभन्दा दुई घण्टाअघि चुकन्दर खान दिइन्छ । एजेन्सीको सहयोगमा

Chitwan Aaja चितवन आज
आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.