Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • ९. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • १०. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

हवाई यात्राले छोटिँदै नेपाल जापान दूरी

काठमाडौँ, २३ वैशाख :

“मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हाम्रो जापानीहरुको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधत्व हुने अपूर्व मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ”, आज मध्यान्ह काठमाडौँ ओर्लनु भएकी जापानका विदेशमन्त्री खामिखावा योकोले आफ्नो लेखमा भन्नुभएको छ ।

नेपालको औपचारिक भ्रमणमा आउनुभएका विदेशमन्त्री योकोले नेपाल आउनुपूर्व राससमा प्रकाशित लेखमा ‘मेरो पहिलो नेपाल भ्रमण’ शीर्षकको लेखले साँच्चिकै नेपाल र जापानबीचको लामो समबन्धलाई भावनात्मक बनाउछ । भौगोलिक रुपमा टाढा रहे पनि नेपाल र जापानबीच नजिकको सम्बन्ध छ । नेपालबाट जापानमा सिधा हवाई उडानले दुई देशबीचको दूरीलाई नजिक बनाएको हो । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानमा नियमित उडान गरेर जापानसँग नजिकको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

“आज हाम्रा दुई मुलुक सात घण्टाको सिधा हवाई उडानबाट जोडिएका छन्”, जापानी विदेशमन्त्री योकोले भन्नुभएको छ, “हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार छ । जुन जापानमा बस्ने विदेशीहरुको छैटौँ ठूलो सङ्ख्या हो । जापानमा नेपालीको सक्रियताका कारण दुई देशबीचको सम्बन्ध निरन्तर रुपमा प्रगाढ भएकोमा म हर्षित छु ।”

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल एयरलाइन्सले जापानमा नियमित उडान गरेर भौगोलिक दू्री कम गर्दै सम्पर्क विस्तारमा सेतुको काम गरेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध विस्तारमा जापानमा रहेको नेपाली समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । जापानका परराष्ट्रमन्त्रीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपाल एयरलाइन्सले जापानमा सिधा हवाई उडान गरेर नजिकको सम्बन्ध स्थापित गर्न मद्दत पुगेको बताउनुभयो । “नेपालीहरु जापानमा रोजगार तथा अध्ययनका लागि जाने गरेका छन् । जापानी नागरिक पनि विभिन्न प्रयोजनका लागि नेपाल आउने गर्छन्”, उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान नियमित रुपमा गरिरहेको छ, त्यो भनेको नेपाल र जापानको सम्बन्धलाई प्राथमिकता दिएको हो । हामी भौतिक रुपमा टाढा भए पनि हवाई सम्पर्क सञ्जालले दुई देशबीचको दूरी कम भएको र सम्बन्ध नयाँ उचाइमा पु¥याएको छ ।”

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउनुभएको हो । जापानको विदेशमन्त्री नियुक्त हुनुभएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो । नेपालबाट जापान पाँच हजार एक सय छ किलोमिटर दुरीमा पर्छ ।

पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिनिध बढ्दो छ । जापानमा नेपालीले आठ हजार बढी रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका छन् । त्यहाँ खुलेका विभिन्न स्कुलमा नेपाली भाषा अध्ययन हुने गरेको छ । सगरमाथासँग जापानको विशेष सम्बन्ध छ । सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो ।

जापान नेपालको प्रमुख विकास साझेदार मुलुक हो । विभिन्न पेसा, व्यवसाय, रोजगारी र अध्ययनका लागि उल्लेख्य सङ्ख्यामा नेपाली जापान गएका छन् । बाक्लो सङ्ख्यामा जापानी नागरिक विभिन्न सन्दर्भमा नेपाल आउने गरेका छन् । नेपाल र जापानबीच कूटनीतिकसम्बन्ध सन् १९५६ सेप्टेम्बर १ मा स्थापना भएको हो । दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक र जनस्तरको सम्बन्ध भने एक सय २५ वर्ष पुरानो हो । सन् १८९९ मै जापानका बौद्धभिक्षु इकाइ कावागुची बौद्ध ग्रन्थ र धर्मको अनुसन्धान गर्ने सिलसिलामा नेपाल आउनुभएको थियो । नेपालले हालसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् ।

नेपालबाट सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । जापान–नेपालबीच दौत्यसम्बन्ध स्थापना भएको नौ वर्षपछि सन् १९६५ मा नेपालले टोकियोमा राजदूतावास स्थापना गरेर कूटनीतिक माध्यमबाट आपसी सम्बन्धलाई अझ घनीभूत बनायो । त्यसको तीन वर्षपछि जापानले नेपालमा राजदूतावास खोलेको हो । नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पूर्वाधार, ऊर्जा, नागरिक उड्डयनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । सिन्धुली–बर्दिवास सडकदेखि नागढुङगा–सिस्नेखोला सुरुङमार्गमा पनि जापानले सहयोग गरेको छ । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक सामाजिक विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो ।

नेपाल र जापानबीचको हवाई सम्बन्ध

नेपाल र जापानबीच दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । त्यसको २५ वर्षपछि सन् २०१८ मा हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको थियो । हवाई सम्झौतासँगै दुई मुलुकबीच सातामा १४ वटासम्म उडान गर्न पाउछन् । त्यसअघि सातामा दुई वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान सुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

नेपाल एयरलाइन्सले विस २०७६ भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान सुरु गरेको हो । त्यसको सात महिनापछि अर्थात विस २०७६ फागुन १९ गतेदेखि जापानको नारितामा साताको तीन दिन सिधा उडान प्रारम्भ भयो । निगमको वाईडबडी एयरबस ३३० जहाजमार्फत जापानमा उडान जारी छ । नारिता विमानस्थल राजधानी टोकियो नजिक पर्छ ।

जापानी पर्यटक बढ्ने अपेक्षा

नेपालबाट जापानको राजधानी टोकियो सिधा उडान भइरहेकाले पर्यटक आवागमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालबाट जापानमा हवाई उडान सङ्ख्या बढाएको खण्डमा आगामी दिनमा उल्लेख्य सङ्ख्यामा जापानी नागरिक नेपाल आउने विश्वास व्यक्त गर्नुभयो । अध्ययन र रोजगारीको सिलसिलामा रहेका नेपालीको नेपाल आगमन सहज हुने भएकाले दुईतर्फी आवागमन बढ्नका साथै आर्थिक सामाजिक विकासमा योगदान पुग्ने निर्देशक लामिछानेको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सोही वर्ष जापानबाट कूल १६ हजार चार सय ६३ नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा पाँच हजार सात सय १४ जापानी नागरिक नेपाल आएका थिए । सबैभन्दा बढी सन् २०१९ मा सबैभन्दा बढी ३० हजार पाँच सय ३५ जापानी नागरिकले नेपाल भ्रमण गरेका छन् । त्यसअघि सन् २०१८ मा २९ हजार आज सय १७ र सन् २०१७ मा २७ हजार तीन सय २६ जापानी नेपाल भ्रमणमा आएका थिए ।

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला
नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

ताजा समाचार

सबै

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.