चितवन, चैत १८ –
जनतासँग एमाले अभियान अन्तर्गत इच्छाकामना गाउँपालिका ६ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदस्य एवम् पार्टी स्कुल विभाग प्रमुख गोपी नेपाल र आप्रवासी भारतीय संघका पूर्व महासचिव टिका पौडेलले प्रशिक्षण दिएका हुन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् इच्छाकामना इन्चार्ज प्रभा बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा नम्बर ५ का पार्टी सचिव देव गुरुङले सञ्चालन गरेका थिए भने वडा नम्बर ६ का पार्टी अध्यक्ष भुपेन्द्र चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संविधिान सभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेश सदस्य कृष्ण सिलवाल, इच्छाकामना गाउँपालिका अध्यक्ष एवम नेकपा एमाले जिल्ला सदस्य दानबहादुर गुरुङ, जिल्ला सदस्य एवम् वडा नम्बर ६ का इन्चार्ज इच्छा त्रिपाठी, इच्छाकामना गाउँपालिका कमिटीका पार्टी उपसचिव तथा वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले आफ्नो धारणा राखेका थिए ।