काठमाडौँ, माघ १७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । माघ १९ गते शुक्रबार ११ बजेदेखि बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।