काठमाडाैं कात्तिक २२,
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।
बैठकमा समसामियक विषयबस्तुका साथै मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने एमाले प्रभार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ ।