जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले नेता कृष्ण पौडेल घरमै मृत फेला परेका छन् ।
नेता पौडेल आज साँझ जितपुर सिमरा उपमहानगरपालिका २ स्थित घरमै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पौडेल मृत फेला परेको पुष्टि गरे।
घरमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ ।
उनको मृत्यू कसरी भएको विषयमा अहिले केही नखुलेको र प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए।
पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई हराएका थिए । पौडेल नेकपा एमाले मधेश प्रदेश समितिका सचिवसमेत हुन् । यतिबेला एमाले मधेश प्रदेश समितिको अधिवेशनसमेत चलिरहेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार