Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख १६, २०८३
☰
Logo बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५. यस्तो रहने छ आजको राशिफल

  • ६. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ९. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • १०. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

संसद् रोकेर पत्रकार सम्मेलन मिडियामाथि खनिए ओली

काठमाडौं  साउन २८

देशभर पछिल्ला दिनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कति क्षति भयो, जनता कहाँ कहाँ अप्ठेरोमा परेका छन् भन्ने विषयमा आफ्ना प्रतिनिधिले जनप्रतिनिधिथलोमा कुरा राख्नसम्म पनि पाएका छैनन् ।

डेंगुको महामारी छ, नागरिक खुम्चिदो अर्थतन्त्रका कारण संकटमा पर्दै गएका छन् तर जनप्रतिनिधिमुलक थलो संसद् प्रमुख प्रतिपक्षका कारण रोकिएको छ । जनताका प्रतिनिधिले जनताका समस्याका बारेमा छलफल गर्न पाएका छैनन् प्रमुख प्रतिपक्षको अवरोधका कारण ।

त्रिभुवन विमानस्थलबाट साउनको २ गते भित्रिएको क्विन्टल सुन प्रकरणमा न्यायिक आयोगको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न दिएको छैन । साउन १० गते संसद् चल्न सकेन । १५, १६ र २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगन गरियो । साउनको २३, २४ र २६ गतेको बैठक केहीबेर चलेर अघि बढ्न सकेन ।

नेकपा एमालेले फेरि पनि आफ्नो अडान कायमै राख्दै अहिले संसद् भन्दा पनि सरकारको कार्यशैली डरलाग्दो भएको टिप्पणी गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, “सत्ताकै संरक्षण रहेको प्रकरण भएको हुनाले र यस्ता घटना बारम्बार दोहोरिरहेको चिन्ताजनक अवस्थाका कारण यसकै गहिराइमै पुगेर छानबिन गर्नु अनिवार्य भइसकेको छ । हाम्रो पार्टीले यस विषयमा सदन र सदन बाहिरबाट पनि सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको छ । गृह र अर्थ मन्त्रालयलगायतको भयरहीत वातावरणमा बिना दबाब र प्रभाव विषयको गहिराइमा पुगेर हुन सक्दैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ ।”

एमालेले यसअघिको ९ केजी सुन प्रकरणमा जोडिएका माओवादी नेता र तीनका परिवारका सदस्यलाई सामान्य सोधपुछ पनि नगरिएको घटनाबाट सरकारको क्रियाकलाप स्पष्ट भएको बताएको छ । यस्तो अवस्थामा ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचालेझैँ न्यायिक छानबिन समितिको माग सुन्नासाथ तर्सिने गरेको भन्दै यो माग पूरा नभएसम्म पार्टीले दबाबका कार्यक्रमहरु सञ्चालन गरिरहने एमालेले अडान राखेको छ ।

यस्तो छ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति

यस्ता विषय अगाडि भइरहँदा पनि सञ्चारमाध्यमले नदेखेर खाली एमालेले सदन अवरोध गरेको कुरालाई उचालेको भन्दै आक्रोश व्यक्त गरे । भने, “सञ्चारमाध्यममा कसको लगानी छ भन्ने अहिले छाडिदिउँ, देशको पक्षमा को छ भन्ने हेरौँ ।”

उनले आफूहरुले निष्पक्ष छानबिनको माग गरिरहेको बताए ।

“निष्पक्ष छानबिन गर्न किन नहुने ? छानबिन आयोग बनाउँदा के हुन्छ ? के हो विषयान्तर भनेको ?,” उनको प्रश्न थियो, “सबै पक्षमा छानबिन गर्न सक्छ । यसका कनेक्सन र जरा कहाँ छ ? टुप्पोमात्रै हेरेर हुँदैन । २३४ पल्ट कुनै गिरोहसँग लगातार संवाद कसरी हुन्छ मान्छेको ? यो फेयर छ ? तै पनि सोधपुछ पनि गर्न पर्दैन ? यसरी पनि देश चल्छ ? यो पनि शासन प्रशासन चलाउने तरिका हो ? बाहिर स्टन्ट दिएको छ, गफ दिएको छ ।”

उनले पत्रपत्रिकाले पनि एमालेलाई घोच्न पाएसम्म यस्ता विषय नदेख्ने भन्दै आक्रोश व्यक्त गरे ।

“एउटा पत्रिकाको नाम आएको थियो । संकट थाहा छैन । संसद् अवरुद्ध गरेर एमालेलाई घोच्न पाइयोस् भन्ने लागेको होला,” उनले भने, “यो एमालेको मात्रै कुरा होइन ।”

ओलीले अहिले पनि दैनिकरुपमा विमानस्थलबाट सुन तस्करी भइरहेको दाबी गर्दै भने, “अहिले पनि तस्करी भइरहेको छ । यति मजाले सुन वारपार भइरहेको बेलामा प्रतिपक्षले बोल्ने भन्दै संसद्मै एमालेको विरोध हुन्छ । यस्तो अवस्थामा सरकारले राजीनामा गर्नुपर्ने थियो । बानी परे पछि लाज हुँदैन भन्ने बीरवल अकबरको कथा छ ।”

उनले सुन तस्करी महातस्करी काण्ड भएको उल्लेख गर्दै भने, “अनि हामी संसद् चल्यो कि चलेन भन्नेमा अल्झिएका छौँ । हामी बोल्न खोज्यो सत्तापक्षले उठेर विरोध गर्छ । यहाँ भ्रष्टाचारको कुरा गर्न पाइन्छ ? भन्छन् । २, ४ क्विन्टल सुन ल्याउँदा हल्ला गर्न पाइन्छ ? बोल्न पाइन्छ ? भन्छन् । हामीले होइन सदन अवरोध गरेको सत्तापक्षले नै हो ।”

उनले यस्तो अवस्थामा गृहमन्त्री र अर्थमन्त्री कसरी सरकारमा बस्न सकेको ? भन्दै प्रश्न गरे । संसद्मा अहिले पनि ९३ वटा विधेयक विचाराधीन अवस्थामा छन् । चालु अधिवेशनबाट एकमात्रै विधेयक पारित भएको छ भने १५ विधेयक अलपत्र अवस्थामा छन् । तर संसद् चल्न सकेको छैन ।

Chitwan Aaja चितवन आज
आइतबार, साउन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने
सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

ताजा समाचार

सबै

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् :सांसद कार्की

दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

नारायणगढ-बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५.
    यस्तो रहने छ आजको राशिफल

  • ६.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.