बझाङ, साउन २७
बझाङको सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् ।
दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बम शुक्रवार साँझदेखि बेपत्ता रहेका जानकारी दिए ।
बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






