रूपन्देही,साउन २७
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज एक कार्यक्रममा बिभिन्न प्रकरणमा सरकारले छानबिन गर्नसके मुख्य दलका अधिकांश नेताहरू जेलमा जानसक्ने बताएका छन् ।
सबै काण्डको छानबिन सुक्ष्म रुपमा गर्न सरकारलाई निरन्तर खबरदार गर्ने समेत बताएका थिए। उनले भने, ‘भरतपुरमा सञ्चालन भएको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ छैन ।’
‘केही मान्छेहरू हाम्राविरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नुपर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभर नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेले भने।






