काठमाडाैं साउन २४,
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो ।
अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ ।
अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । गोरखापत्रमा खबर छ ।






