• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण

भैरहवा, २२ साउन
विसं २०७७ साउन ७ गते लुम्बिनी प्रदेशको रूपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यसयता लुम्बिनी प्रदेशमा पाँच हजार सात सय ४८ पशुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ व्यापकरूपमा फैलिँदा लुम्बिनी प्रदेशका पशुपालक प्रभावित बनेका छन् । यद्यपि यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको व्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको सङ्क्रमण तुलनात्मकरूपमा घटेको सरकारी अधिकारीहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कूल एक लाख ८० हजार नौ सय ७८ वटा पशु सङ्क्रमित भएको लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्याङ्क उपलब्ध गराएको छ । लुम्बिनीमा सबैभन्दा बढी बाँकेमा ४० हजार आठ सय एक पशुमा यो रोगको सङ्क्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले जानकारी दिनुभयो । सबैभन्दा कम नवलपरासीमा चार सय ९७ पशुमा रोगको सङ्क्रमण देखिएको छ । प्यूठानमा ३४ हजार सात सय १५, रोल्पामा ३० हजार नौ सय ३२, दाङमा २८ हजार सात सय ८४, रुकुममा १२ हजार तीन सय चार, कपिलवस्तुमा आठ हजार एक सय तीनवटा पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ ।

यस्तै अर्घाखाँचीमा सात हजार ९१, रूपन्देहीमा छ हजार आठ सय ८७, पाल्पामा छ हजार पाँच सय ७९, गुल्मीमा तीन हजार चार सय ५८ र बर्दियामा आठ सय २७ वटामा रोगको सङ्क्रमण रहेको आलमले बताउनुभयो । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ । रोल्पामा दुई हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबैभन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई अभियानका रूपमा सञ्चालन गरिरहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताउनुभयो । उहाँले निर्देशनालय आफँैले र स्थानीय तहहरूको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । “यसका लागि हामीले प्रदेशमा छ सय ३८ जना प्राविधिकहरू परिचालन गरेका छौँ”, आलमले भन्नुभयो, “खोप खरिद र औषधि उपचारका लागि भनेर अहिले रु दुई करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर माग गरेका छौँ ।”

निर्देशनालय र स्थानीय तह गरी प्रदेशमा अहिलेसम्म ४४ हजार दुई सय ५० पशुलाई खोप लगाइएको आलमले जानकारी दिनुभयो । यसैगरी कार्यालयबाट र स्थानीय तह गरी एक लाख नौ हजार नौ सय पशुको रोगको उपचार गरिएको छ ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई यहाँका स्थानीय तहहरूले पनि अभियानका रूपमा अगाडि बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवं चौपायाको संरक्षणका लागि पालिकाहरूले नीति तथा कार्यक्रममार्फत नै बजेट छुट्याएर खोपको व्यवस्थापन गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले खोपको कामलाई तीव्र बनाएका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सकेमात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सकिने बताउनुभयो । “किसानको आर्थिक स्थिति बलियो भएन भने नेपालकै आर्थिक स्थिति राम्रो हुन सक्दैन भन्ने हामीलाई लागेर लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गरेका छौँ”, खाँणले भन्नुभयो, “अहिले गाईका लागि निःशुल्करूपमा यो खोपको थालनी गरेका छौँ, यसले किसानका गाईलाई बचाउन सक्छौँ भन्ने हामीलाई विश्वास छ ।”

नेपालमा सबैभन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैँसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवं बिरामी पशु र धेरै दूध दिने पशुहरूमा भएको सङ्क्रमणले ज्यान लिने गरेको छ । रोग लागेका पशुहरूको रोग प्रतिरोधी क्षमता कम हुने हँुदा ज्यानै नगए पनि उनीहरू बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पाँच हजार छ सय ७६ वटा भैँसीमा पनि लम्पी स्किनको सङ्क्रमण देखिएको छ । यसबाट ६३ वटा भँैसीको मृत्यु भएको छ भने ४३ हजार पाँच सय ५३ वटाको उपचार गरिएको छ । यस्तै, एक हजार तीन सय ३२ वटा भँैसीलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको सङ्क्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलीका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो सङ्क्रमणका कारण दूध उत्पादन घट्ने र सङ्क्रमित पशुको मृत्यु नै हुने गरेको छ । (रासस)

Chitwan Aaja चितवन आज
सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो
चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

ताजा समाचार

सबै

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.