अर्घाखाँची, बैशाख १७ –
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ३ मा एमालेका तर्फबाट वडाध्यक्षमा सुर्य केसी उम्मेद्वार रहेका छन् ।
सामाजिक एवम् राजनीतिक व्यक्तित्व केसी उम्मेद्वारी घोषणासँगै घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
सुशासन, सन्तुलित विकास, समावेशिता र स्थानीय सेवक सरकारका लागि भन्ने नारा आफूले लिएको केसीले बताए ।
वडाको आवश्यकताअनुसार विकास गर्दे जाने र जनतालाई सेवा दिने कुरामा सहज बनाउँदै लैजाने उम्मेद्वार केसीको भनाइ छ ।