चितवन,२७ असार
विवेकशील साझा भरतपुर महानगरका नेता प्रबिन काफ्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।२८ वर्षीय प्रबिन काफ्ले विवेकशील साझा पार्टीबाट स्थानीय निर्वाचन २०७९ मा भरतपुर महानगरपालिका प्रमुखका रुपमा उम्मेदवार समेत बनेका बनेका थिए ।
विवेकशिल साझा पार्टी चितवनका जिल्ला संयोजकका रुपमा सक्रिय भएर काम गरेका थिए।
पेसाले इञ्जिनियर रहेका काफ्लेले भरतपुरका २९ वटै वडाको वस्तुस्थिति बुझेका छन् । २०७९ साल चैत १ देखि चैत १६ गतेसम्म १५ दिन उनी भरतपुर यात्रामा निस्केका थिए । मंगलवार उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन् :-
“गन्तब्य नजिकको तर कठिन यात्रा अब रास्वपाबाट
बेस क्याम्प सम्मको यात्रा विवेकशील साझा बाट गरें, अब सगरमाथाकै आरोहण भने रास्वपा बाट गर्ने निधो गरेको छु। आज म साधारण सदस्यका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काम गर्न निकै उत्साहित छु।
हजुरहरुको मायाँ, आशिर्वादको अपेक्षा गर्दछु। गाली पनि स्वीकार्य छ।
रा स्व पा लाइ विकल्प सहितको नयाँ राजनीतिक दल बनाउन नयाँ विचार, नयाँ संगठन, नयाँ शैलीमा ठेल्नुपर्ने छ, अब यसैमा जोड गर्ने हो।