चितवन,२० असार
चितवन भित्र चल्ने यातायातहरुले विद्यार्थी परिचयपत्रको आधारमा यातायातमा ४५% छुट दिन अनेरास्ववियु भरतपुरले माग गरेको छ।
विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएपछि एमाले निकट अनेरास्ववियु भरतपुरका संयोजक सुबास सुबेदीले प्रेस विज्ञप्ति जारि गर्दै सो माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ” भरतपुर महानगरपालिका एक स्थानीय तह मात्र नभैइ शैक्षिक हब भएकोले विभिन्न जिल्लाबाट हजारौं विद्यार्थी अध्ययनको लागि आउने गर्दछन।दैनिक सार्वजनिक यातायातबाट आवतजावत गर्ने विद्यार्थीहरुलाई यातायातमा छुट सहुलियत नदिएको गुनासो प्राप्त भएकोले अनेरास्ववियु सरोकारवाला निकायसँग समन्वय गरि अनुगमनमा निस्किने जानकारी गराउदछौँ।”
विद्यार्थीको परिचयपत्रको आधारमा ४५% छुट दिन आवस्यक पहल गरि समस्या कार्यान्वयन तर्फ लाग्न र अनेरास्ववियु महानगर कमिटि भरतपुरले गर्ने अनुगमन कार्यमा सहयोग गरिदिन र छुट सुबिधा नदिएका यातायात व्यवसायीलाई नियमानुसार कार्बाहिको दायारामा ल्याउन अनेरास्ववियु महानगर कमिटिले आग्रह गरेको छ।