Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १०, २०८३
☰
Logo बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ८. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ९. सार्वजनिक लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेद्वारी दर्ता

  • १०. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

सुन्दरता के हो ?

काठमाडौँ, १० जेठ-

सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गर्नुभयो । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राख्नुभयो । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उहाँ नेपालमा हुनुहुन्छ ।

चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा : सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका उहाँ निर्देशित चलचित्र विश्वभर प्रख्यात छन् । त्यसैले पनि उहाँको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ । विश्वभरका चलचित्रकर्मीसँग काम गर्नुभएको निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझ्नुभएको छ त ? उहाँको सरल जफाव छ,“जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।”
उहाँले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ । अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन् । देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ ।

काठमाडौँमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर चलचित्रको कथा बगेको छ ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के–के गर्छ होला ? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ । तर ‘डाकिनी’ फरक छ । त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ । उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक । किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ । उहाँले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला ? भन्ने अनुमान गरिहाल्छौँ ।

चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ । अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ । यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतीकरण हो । तर, पर्दा भन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त ?

निर्देशक नोर्बु भन्नुहुन्छ, “चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पु¥याउनु पर्छ । तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन् । ती स्वतन्त्र छैनन् ।” उहाँले निर्देशन गर्नुभएको ‘डाकिनी’ सरल छ । “प्रयास गर्नुपर्छ । पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ । ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ । अनिमात्र चलचित्र बनाउन सकिन्छ ।” चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उहाँ बताउनुहुन्छ । निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उहाँको बुझाइ छ ।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उहाँको भनाइको तात्पर्य थियो । “हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ । म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ । अनिमात्र म कथा भन्न सफल हुन्छु । नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ”, उहाँले भन्नुभयो ।

लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उहाँले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहनुभएको थियो । सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उहाँले सुझाउनु भयो । चलचित्रलाई उहाँ माध्यमका रुपमा बुझ्नुहुन्छ । उहाँको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि । किनकि उहाँ समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहनुहुन्न । वास्तविकतासँग नजिक रहेर पात्रलाई यात्रा गराउन चाहनुहुन्छ ।

उहाँले चलचित्र निर्देशन गर्ने तय गरेपछि अनुसन्धान गर्नुभयो । आम मानिस भेला हुने, बस्ने शैलीलाई नियाल्नुभयो । चलचित्रभित्र एउटा चिया पसल देखाइएको छ । जहाँ बज्ने गीतसङ्गीतका विषयमा उहाँले सोही ठाउँमा पुगेर अध्ययन गर्नुभएको रहेछ । “चिया पसलमा नेपाली साथीहरुसँग पुगेँ । त्यहाँको माहोल बुझ्ने कोसिस गरेँ । रेकर्ड गरेँ । नबुझेका कुरा नेपाली साथीलाई सोध्थेँ”, उहाँले भन्नुभयो ।
त्यसो त यो चलचित्र बन्ने तय एक ट्रेकिङको समयमा भएको रहेछ । नेपाली कथालाई पर्दामा ल्याउने तय भएपछि ‘डाकिनी’ तयार भयो । झन्डै १० करोड बजेटको यो नेपाली निर्माता संलग्न भएको संवत् अहिलेसम्म कै महँगो चलचित्र हो । तर, यसको व्यापारको विषयमा कहिले चर्चा भएन ।

यसको निर्माणमा षट्कोण आर्टससमेत रहेको छ । यसले जात्रा, जात्रै जात्रा र महापुरुष जस्ता समीक्षात्मक र व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरिसकेको छ । “यो एउटा कला हो । किनकि यो स्वतन्त्र रहेर निर्माण गरियो । अहिले प्रदर्शनमा पनि कति चलचित्र भवन ? सो सङ्ख्या ? यो विषयमा चर्चा नै हुँदैन । यसको प्रभाव वा कस्तो बनेको छ भन्ने विषयमा मात्र हामी छलफल गरिरहेका छौँ”, निर्माता मध्येका एक रवीन्द्रसिंह बानियाँले भन्नुभयो ।

चलचित्र निर्माण हुँदा र अहिले प्रदर्शन हुँदासम्म उहाँको बुझाई फरक भइसकेको छ । आफू निर्मित पछिल्ला चलचित्र कही कतैबाट निर्देशित त होइनन् ? भन्ने सोच उहाँमा आउँछ । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको छ । चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गर्नुभएको छ । रासस

Chitwan Aaja चितवन आज
बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित
अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा
बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

ताजा समाचार

सबै

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सहकारी पीडितको रकम फिर्ता दिलाउन मन्त्रालय सक्रिय

बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

भ्रामक सूचनाविरूद्ध कडा कदम चाल्ने सरकारको चेतावनी

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.