काठमाडाैं जेठ १०
ग्यास सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले तीन महिनापछि संसदमा उपस्थित भएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलमा भण्डारीले सम्बोधन गरेका छन् ।
फागुन ४ गते आगलागीमा परेर घाइते भएका भण्डारी लामो समय भारतमा उपचार गरेर फर्केका थिए । भण्डारीले नेपालमा जलनसम्बन्धी एउटा अस्पताल बनाउन जरुरी रहेको बताए । क्यान्सर र मृगौला रोगीजस्तै जलनका घटनामा सरकारले आर्थिक सहयोग दिनुपर्ने भण्डारीको भनाइ छ ।
ग्यास उद्योगलाई स्वचालित रेगुलेटर प्रचलनमा ल्याए जलनका घटना कम हुने उनले बताए । सांसद भण्डारी मर्यादा पालकको सहयोगमा संसदको रोष्टममा पुगेका थिए । उनले कुर्सीमा बसेर सम्बोधन गरेका छन् ।










