काठमाडाैं जेठ ६,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकालाई एक पत्र पठाएको छ । अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाउँदै राप्रपाले नेपालस्थित अमेरिकी दूतावासमा पत्र बुझाएको हो ।
‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले शुक्रबार असहमति जनाउँदै असहमतिसहितको पत्र बुझाएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको बताएका छन् । ‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ लिङ्देनको भनाइ छ ।
हिन्दु राज्य स्थापनाका लागि आफुहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्विकार गरेको स्पष्ट गरेको छ ।










