२८ वैशाख, चितवन-
बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ ।
वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।
कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको बताए। उनले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिए ।










