काठमाडौं बैशाख २२
संखुवासभामा आज दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकोप्टर क्याप्टेन सुरेन्द्र पौडेलले उडाएका थिए । उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो ।
बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर निर्माणस्थलमा जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो । त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो ।










