– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ६ –
भरतपुरमा रहेको एम्स सिएमा अध्ययनरत विद्यार्थी सागर ज्ञवालीले सिए दोश्रो वर्षको परिक्षामा नेपाल टप गरेका छन् ।
ज्ञवालीले नेपाल टप मात्र गरेनन् ७६ प्रतिशत ल्याउँदै चार्टर एकाउन्टेन्ट (सिए) दोश्रो वर्षको परिक्षामा अहिलेसम्मकै सबैभन्दा धेरै नम्बर ल्याएका छन् । सिएमा ७५ प्रतिशतभन्दा माथि ल्याउनुलाई डिस्टिन्शन ल्याएको मानिन्छ । अबको क्रममा प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर विद्यार्थी ज्ञवाली र शिक्षक विशाल भट्टराईसँगको कुराकानी ।
गत वर्षको सिए क्याप १ को परीक्षाको नतिजामा ज्ञवाली नेपालको आठौं भएको थिए ।
नेपाल टप हुँदा आफूलाई निकै खुसी लागेको बताउँदै ज्ञवालीले प्रत्येक दिन पढ्ने गरेकाले आफू सफल भएको बताए । उनले पढ्ने र पास हुने तरिकाबारे आफ्नो टिप्स पनि दिएका छन् । हेर्नुहोस्, यो भिडियो ।
सिए एम्सका सञ्चालक विशाल भट्टराईले चितवनमा राम्रो पढाइ हुँदैन कि भनेर अन्यत्र जानेहरुका लागि यो नतिजाले जवाफ दिएको बताए । आफै शिक्षक रहेका भट्टराईले कसरी पढाउँथे । त्यो हेर्न पनि माथिकै भिडियो हेर्नुहोला ।
एम्स सिए चितवनमा सिए पढाउने एकमात्र इन्सिच्युट हो । एम्स चितवनमा ४ वर्षदेखि सञ्चालित छ । एम्स सिए चितवनमा खुलेपछि सिए पढ्न चाहनेहरुले जिल्लामै पढ्न पाउने अवसर पाएका छन् ।
तीन वटा तह रहेको चार्टर एकाउन्टेन्ट (सिए) मा पहिलो तह सिए क्याप १ को पढाइ करिब ६ महिनाको हुन्छ । त्यसपछि सिए क्याप २ को पढाइ ९ महिना र क्याप ३ को पढाइ ३ वर्षको हुन्छ ।