Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

बागलुङमा यस वर्ष २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङ, पुष १
बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

उनकाअनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।

यस वर्ष जिल्लामा रु २४ करोड नौ लाखभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उनको भनाइ छ । केही वर्षदेखि यहाँका ग्रामीण क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रमअन्तर्गत सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताए ।

भट्टराई भन्छन्, “बागलुङ मध्यपहाडी क्षेत्रमा पर्छ, यो क्षेत्र सुन्तला उत्पादनका लागि निकै उत्तम ठाउँ मानिन्छ, यहाँको हावापानी र माटो सुन्तला खेतीकै लागि हो जस्तो लाग्छ, कृषक पनि निकै हर्षित हुनुहुन्छ, अघिल्लो वर्ष बोटमा किरा लाग्यो, उपचार पाएनन्, त्यसले गर्दा उत्पादनमा केही कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी उत्पादन भएको छ ।”

भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधि, मल र प्राविधिक सहयोग गर्दै आएको बताए । उनी पछिल्लो समय कृषक सुन्तला खेतीप्रति आकर्षित हुँदै गएको भन्दै यहाँको वातावरण पनि अमिलो प्रजातिका फलफूलका लागि अनुकूल खालको रहेको बताउँछन् ।

“सुन्तला खेतीबाट कृषकलाई मनग्य आम्दानी हुन्छ, सुरुमा अलिकति मेहेनत गर्नुपर्छ, बिरुवा हुर्के भने धेरै झन्झट गर्नु पर्दैन, फल दिने सुन्तलाको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ”, उनले भने, “कृषकलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिम तथा परामर्श दिने गरेका छौँ, हरेक वर्ष जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढिरहेको छ ।”

बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन् । बागलुङ नगरपालिका–८ सिगानाका कृषक रामबहादुर खड्काले गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए ।

उनले गत वर्ष डेढ लाख रुपैयाँको सुन्तला बेचेको भन्दै अहिले साढे तीन लाख बढीको सुन्तला बिक्री हुने बताए । उनी गत वर्ष टिप्ने बेलाको सुन्तलामा किरा लागेपछि नोक्सान व्यहोर्नुपरेको भन्दै अहिले राम्रो भएको बताउँछन् । अहिले फल पनि पोटिलो र रसिलो रहेको उनको भनाइ छ ।

“सिगानाका कृषकले सुन्ताल धेरै उत्पादन गर्छौँ, तर मूल्य पाउँदैनौँ, आजभन्दा पाँच वर्ष अगाडि पनि सुन्तलाको मूल्य प्रतिकेजी ५० थियो, अहिले पनि त्यही छ”, खड्काले भने, “कामदारको पारिश्रमिक बढेको बढ्यै छ, कृषकले उत्पादन गरेको सुन्तलाको बढ्दैन, सरकारले बेलामा मल पनि दिँदैन, सरकारले केही सहुलियत दिए अझै राम्रो गर्न सकिन्छ ।”

उनले १० वर्ष अगाडि सिगानामा ४० हजार बिरुवा लगाइएको भन्दै अहिले धेरै बोटहरूले फल दिन थालेको बताए । आफ्नो सिगाना सुन्तला गाउँ नै बनेको भन्दै यहाँका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारीले बोटबाटै सुन्तला खरिद गरेर लैजाने गरेको उनले जानकारी दिए ।

स्थानीय कृषक देवबहादुर खड्काले यस वर्ष सिगाना गाउँमा गत वर्षको तुलनामा २५ प्रतिशत बढी सुन्तला उत्पादन भएको बताए । उनी गत वर्ष सिङ्गो गाउँले सुन्तला बेचेर दुई करोड भित्र्याएको भन्दै यस वर्ष रु दुई करोड ५० लाख बढी आम्दानी गर्ने अनुमान गरेको बताउँछन् ।

खड्का भन्छन्, “अहिले सिगानामा मात्रै होइन जिल्लाको धेरै ठाउँमा सुन्तला उत्पादनमा वृद्धि आएको पाएका छौँ, एउटै बोटबाट चार–पाँच क्विन्टलसम्म सुन्तला फलेको छ, सुन्तला धेरै फलेर मात्रै के गर्नु उचित मूल्य पाउँदैन, तर अहिले गाउँमा साढे दुई करोड बढी सुन्तला बिक्री गरेर आम्दानी हुने अनुमान गरेका छौँ, किनकि अहिले टिप्ने र बजारसम्म पु¥याउने काम भइरहेको छ ।”

खड्काले यहाँको सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडौं पोखरालगायतका ठूला सहरबाट व्यापारी आउने गरेको बताए । व्यापारीले बोटै खरिद गर्ने गरेको उनको भनाइ छ । उनले केही सुन्तला शीतभण्डारमा राख्ने र फागुन चैतमा बिक्री गर्ने बताए । -रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस
भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

ताजा समाचार

सबै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech