बाँके, मंसिर १८-
बाँकेको राप्ती नदीमा डुबेर एक बालिकासहित २ जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडानम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।
हाल शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंजमा ल्याउन थालिएको प्रहरीको भनाइ छ ।










