चितवन, मंसिर १७-
चितवनको रत्ननगरस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलका बालबालिकाहरुको लागि स्वास्थ्य परिक्षण गरिएको छ ।
स्कुलले स्वास्थ्य शिविरको आयोजना गरी नर्सरी र केजीमा अध्ययनरत विद्यार्थीहरुको चेकजाँच गर्नुका साथै आधारभूत औषधि वितरण गरेको हो ।
शिविरमा नर्सरी र केजीमा अध्ययनरत ११० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण भएको छ ।
शिविरमा निको बाल अस्पताल भरतपुरका बालरोग विशेषज्ञ डा.किशोर उप्रेती र डा. निशान नेपाल बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।