Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २९, २०८२
☰
Logo सोमबार, मंसिर २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ७. गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु

  • ८. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • ९. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • १०. एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

के कम्प्युटरले अपराध हुनुभन्दा अगाडि नै रोक्न सक्दछ ?

बीबीसी, २०७८ फागुन –

घटना सन् २०१३ को हो । अमेरिकाको शिकागोका रोबर्ट म्याक डेनियल घरमा बसेर टेलिभिजन हेरिरहेका थिए । अकस्मात उनको घरमा पुलिस आएर आफूहरूले निगरानी गरिरहेको भन्दै रोबर्टलाई चेतावनी दिए ।

रोबर्ट जोखिमयुक्त इलाकामा बस्थे । केही महिना अगाडि उनका एकजना साथीको गोली लागेर मृत्यु भएको थियो । प्रहरी अधिकारीका अनुसार प्रहरीले प्रेडिक्टिभ पुलिसिङका लागि एक प्रकारको नयाँ सफ्टवेयरका प्रयोग गरिरहेको थियो । उक्त सफ्टवेयरले रोबर्टलाई गोली लाग्ने वा रोबर्टले कसैलाई गोली हान्ने आशंका भएको पत्ता लगाएको थियो ।

प्रेडिक्टिभ पुलिसिङ भनेको अपराध हुनुभन्दा अगाडि त्यसलाई रोक्ने प्रविधि हो । यसमा सफ्टवेयरका माध्यमबाट डाटाको विश्लेषण गरी त्यस्ता मानिसहरूको पहिचान गरिन्छ जसले अपराध गर्ने आशंका धेरै हुन्छ । यो प्रविधिको प्रयोग माइनोरिटी रिपोर्ट जस्ता साइन्स फिक्सन फिल्ममा सायद देख्नुभएकै होला ।

अपराधी र अपराधको अनुमान

अपराध विश्लेषक जेफ एशर भविष्यको आकलन गर्नसक्ने कम्प्युटर प्रोग्राम अर्थात् प्रेडिक्टिभ कम्प्युटर प्रोग्रामको क्षेत्रमा काम गर्दछन् । प्रहरीले माथि उल्लेखित रोबर्ट म्याक्डेनियल मामिलामा पनि यही कम्प्युटर प्रोग्रामको प्रयोग गरेको थियो ।

शिकागोमा सन् २०१३ सम्म स्थानीय गिरोहहरूको आपसी झगडामा निकै हिंसात्मक घटना हुन्थे । त्यहाँ पुलिसले प्रेडिक्टिभ कम्प्युटर प्रोग्रामको प्रयो सुरु गर्‍यो । यो कम्प्युटर सफ्टवेयरले अबको अपराधी को हुन्छ भनेर बताइदिन सक्ने विज्ञको दाबी छ ।
जेफ एशर भन्छन्-यसको अन्तर्यमा जुन सिद्धान्तले काम गर्दछ त्यो सबैभन्दा धेरै जोखिम तथा आशंकायुक्त मानिसहरू पत्ता लगाउनु हो । यसमा त्यस्ता मानिसहरूलाई समावेश गरिन्छ जो कुनै गोलीबारीका घटनामा सबैभन्दा धेरै सहभागी वा पीडित छन् । अभियुक्त तथा पीडित वा सँगै गिरफ्तार भएका अन्य व्यक्तिलाई पनि अधिक जोखिमयुक्त मानिसहरूमा सामेल गरिन्छ ।

यसलाई यसरी बुझ्न सकिन्छ । बन्दुक राख्नेहरु, शुटर र पीडितहरूलाई कम्प्युटर प्रोग्रामले एकसाथ राख्दछ । किनकि उनीहरू प्रायः एउटै समूहका सदस्य हुन्छन् वा एउटै खाले समूहका हुन्छन् र बदला लिन चाहन्छन् । यिनीहरूको गिरफ्तारीको अवस्था विशेष रुपले तयार गरिएको एल्गोरिदममा हालिन्छ । ती नामहरूलाई रणनीति तयार गर्ने विषय सूचीमा १ देखि ५०० अंकसम्म दिइन्छ । यो सूचीलाई शिकागोमा शिकागो हिट लिस्ट भनिन्छ । सोही आधारमा जोखिमको आकलन गर्ने गरिन्छ । तर यो तरिका कति प्रभावकारी हुन्छ ? भन्ने प्रश्न उठ्दछ ।

जेफ एशरका अनुसार यो प्रविधिमा ती मानिसहरूको पहिचान गर्न सकिन्छ जो अन्य मानिसहरूको तुलनामा धेरै जोखिममा हुन्छन् । उदाहरणका लागि शिकागो हिट लिस्टमा जो मानिसहरू सबैभन्दा धेरै जोखिमयुक्त थिए, उनीहरूमध्ये एक तिहाई गोलीबारीमा मारिए । यद्यपि अपराध हुनै नै वाला छ वा हिटलिस्ट सामेल मानिस अनिवार्य रुपमा हिंसामा सहभागी हुन्छ भन्ने छैन । तर पनि यो किन उपयुक्त छ भने यसबाट तपाईं अनुमान लगाउन सक्नुहुन्छ ।

सन् २०१३ मा पहिलोपटक शिकागो हिटलिस्ट बनाउँदा त्यसबेला ५०० भन्दा कम नाम थिए । अहिले त्यसमा चार लाखभन्दा धेरै मानिसको नाम छ र यसको असरको अनुमान गर्नु वास्तवमै कठिन छ ।

तर यदि तपाईंले केही गर्नुभएको छैन र तपाईंको नाम उक्त सूचीमा छ भने आखिर के कारणले तपाईंको पहिचान अधिक जोखिमयुक्त व्यक्तिको रुपमा भएको हो ? भन्ने थाहा पाउन सकिन्छ ।

कम्प्युटर र निष्पक्षता

लिरिया बेनेट मोसिस अस्ट्रेलियाको न्यु साउथवेल्स विश्वविद्यालयमा कानुनका प्राध्यापक हुन् । उनको शोध प्रेडिक्टिभ जस्टिसको कानुनी आयामहरुमा केन्द्रित छ । कुनै व्यक्तिको बारेमा एल्गोरिदमले के बताउँछ र यसलाई चुनौती दिन कति कठिन छ भन्ने विषय उनको अध्ययनको मुख्य विषय हो ।

योसँग सम्बन्धित एउटा घटना हो, एरिक लुमिसको । अमेरिकाको विस्कन्सिनमा प्रहरीले गोलीकाण्डमा प्रयोग भएको एक कार बरामद गर्‍यो, जसको चालक एरिक थिए । तर त्यो कार उनको थिएन । अदालतले उनलाई इजाजतविना अरुको कार चलाएको घटनामा दोषी ठहर गर्‍यो र उनलाई सजाय सुनाइयो । यो जोखिमको आकलन कम्पास नामक कम्प्युटर प्रोग्रामबाटै गरिएको मोसिस बताउँछिन् । यसले व्यक्तिका व्यक्तिका विभिन्न तथ्यहरुलाई ध्यानमा राखेर भविष्यमा उसले अपराध गर्ने सम्भावना कति छ ? भन्ने आकलन गर्दछ । त्यसमा लुमिसले पाएको जोखिमको स्कोर उच्च थियो ।

कम्प्युटरको आकलनलाई मध्यनजर गर्दै लुमिसलाई ६ वर्षको जेल सजाय सुनाइयो । जब उनका वकिलले एल्गोरिदमको विरुद्धमा अपिल गर्ने कोसिस गरे स्थिति जटिल भयो ।

अदालतमा यस्तो खाले कम्प्युटर प्रोग्रामको प्रयोग किन गरिन्छ भन्ने विषय ठूलो चुनौतीको विषय हो । यसले कुन तथ्यलाई आधार मान्दछ भन्ने कुराको जानकारी नहुनु मुख्य समस्या हो । एल्गोरिदमले त्यस्तो निष्कर्ष कसरी निकाल्यो भन्ने बारेमा अभियुक्तलाई बताउनु कठिन हुन्छ । मोसिसका अनुसार उनलाई यत्तिमात्र थाहा छ कि कम्पासले अपराधको अनुमानका लागि एक लामो प्रश्नावलीको उपयोग गर्दछ ।

वास्तवमा उक्त प्रश्नावलीको एक प्रति शोधकर्ताहरुको एउटा समूहले सार्वजनिक गरिदिएको थियो । त्यसमा कतिपय प्रश्नहरू अनौठा थिए । जब तपाईं आफ्ना आमाबुवाबाट अलग हुनुभयो त्यतिबेला उमेर कति थियो ? के तपाईं र तपाईंका कुने साथीहरू कहिल्यै अवैध लागुऔक्षध जस्ता आपराधिक गतिविधिहरुमा संलग्न छन् ? भन्ने जस्ता प्रश्नका अलवा अन्य शोधमा पनि चिन्ताजनक कुराहरु बाहिर आए ।

आश्चर्यको कुरा त के भने अफ्रीकी मूलका अमेरिकी नागरिकको स्कोर अधिक जोखिमयुक्त व्यक्तिको रुपमा हुने सम्भावना धेरै हुन्छ र गोराहरूको यस्तो जोखिम अंक कम हुने सम्भावना हुनछ । आखिर यस्तो किन हुन्छ ? यस्तो खाले सफ्टवेयरका विषयमा पारदर्शिता कम छ । एल्गोरिदमले कस्तो प्रकारले संग्रहित जानकारीहरुको प्रयोग गर्दछ भन्ने थाहा नहुने मोसिस बताउँछिन् ।

सैद्धान्तिक रुपमा कम्प्युटर एक मेसिन हो । यो भावनाहरुभन्दा पर हुन्छ र यो पूर्वाग्रहबाट पनि मुक्त हुनुपर्दछ । तर कम्प्युटर प्रोग्रामले डाटाका आधारमा काम गर्ने हुनाले यो पक्षपाती हुन सक्दछ । त्यसैले जोखिमको अंकलाई केवल सल्लाहको रुपमा लिनु उपयुक्त हुन्छ । तर के कम्प्युटरले कुनै यस्तो अपराधको अनुमान गर्न सक्दछ जो अहिलेसम्म भएकै हुँदैनन् ?

प्रेडिक्टिभ पुलिसिङ

क्यालिफोर्निया विश्वविद्यालयमा मानवशास्त्रका प्राध्यापक पी जेफ्री ब्रेटिंघम लामो समयदेखि एसियामा प्राचीन मानिसहरू कसले बसोबास गर्दथे भन्ने विषयमा शोध गरिरहेका छन् । उनले तिब्बत र मंगोलियामा प्राचीन मानिसहरूको जिउने तरिका र अमेरिकाको एक सहरमा चोरहरूद्वारा उपयोग गरिने रणनीतिको बीचको सम्बन्धलाई बुझ्ने कोसिस गरे ।

उनले औजार बनाउने प्राचीन मानिसहरुको तरिकाका बारेमा जानकारीहरू एकत्रित गरे र एक एल्गोरिदम बनाए । उनका अनुसार उक्त एल्गोरिदमबाट सहरमा अपराधीहरूले हमला गर्ने सम्भावना कति छ ? भन्ने कुराको अनुमान गर्न सकिन्छ ।

प्रेड पोल वा प्रेडिक्टिभ पुलिसिङ नामको उक्त विधिको प्रयोग अहिले एसिया, अमेरिका र युरोपमा भइरहेको छ ।

उनका अनुसार यो एक नक्शा हो जसमा विभिन्न क्षेत्रहरूलाई केही सय वर्गमिटरको आकारमा बाँडिन्छ । पुलिसकर्मीहरूले यसको प्रयोग गस्ती गर्नका लागि गर्दछन् । राति, दिउँसो र बेलुकीको समयको हिसाबबाट हरेक क्षेत्रमा भएका गतिविधिको डाटा एकत्रित गरिन्छ । ती डाटालाई कम्प्युटर प्रोग्राममा हालेर कुन इलाकामा अपराध हुने सम्भावना धेरै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

उक्त एल्गोरिदमले अपराधका घटनाहरूलाई ध्यानमा राखेर आकलन गर्दछ । तर डाटाको विश्वसनीयतालाई लिएर भने समस्या आउन सक्दछ । जस्तै कुनै चोरले यदि चोरी गरेपछि पाँचवटा ब्लकसम्म भाग्दछ र पक्राउ पर्दछ भने अपराध भएको ठाउँ कुन हुन्छ ? चोरी भएको ठाउँ कि पक्राउ परेको ठाउँ ?

कम स्रोतसाधनमा ठूलो इलाकाको सुरक्षा गर्नुपर्ने दायित्व भएको प्रहरीका लागि यो उपयोगी हुन्छ ।

जेफ्रीका अनुसार प्रेडिक्टिभ पुलिसिङबाट ७/८ प्रतिशत अपराधको बारेमा भविष्यवाणी गर्ने गरिएको छ । सुन्दा यो तथ्यांक सानो देखिन्छ तर वास्तवमा उपलब्ध विकल्पको हिसाबले यो ठूलो संख्या हो । – बीबीसीबाट

Chitwan Aaja चितवन आज
सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल
लम्बिने भयो एमाले महाधिवेशन
चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

ताजा समाचार

सबै

आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

लम्बिने भयो एमाले महाधिवेशन

चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

कालिकाको चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

सरल नेपालको आयोजनामा पुष २८ गते ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ सम्पन्न गरिने

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

संसद् राजनीतिको केन्द्र भएकाले विचारको टकराव हुन्छः सभामुख घिमिरे

सन्दीपले बंगलादेश प्रिमियर लिग खेल्ने

एमाले ११ औँ महाधिवेशन : यस्तो चयन हुनेछ केन्द्रीय कमिटीको संरचना

आगलागीमा परी वृद्धको मृत्यु

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी चितवनमा घोषणा

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech