चितवन, साउन ४-
चितवनमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्वर ७ देवेन्द्रपुरका २१ वर्षीय सागर काफ्ले रहेका छन् ।
उनलाई शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको साथबाट चेकजाँच गर्नेक्रममा ३१७ ट्याब्लेट नाइट्राभेट र एक बोतल कोरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।