चितवन, साउन २-
राप्ती नगरपालिकाको स्वास्थ्य विज्ञको रुपमा डा भोजराज अधिकारीलाई मनोनयन गरीएको छ ।
राप्तीमा स्वास्थ्य क्षेत्रको समग्र विकासको खाका कोर्न एवं सल्लाह सुझावका लागि स्वास्थ्य क्षेत्रका डा भोजराज अधिकारीलाई स्वास्थ्य विज्ञको रुपमा मनोनयन गरीएको हो । डाक्टर अधिकारीसंगको सहकार्यले राप्तीमा सकारात्मक र सहज स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास लिएको नगर प्रमुख शमसेर लामाले बताउनुभयो।
लामाले यसअघि पनि विज्ञका रुपमा विभिन्न ब्यक्तिहरुलाई मनोनयन गरेका थिए । मनोनयन गरीएका विज्ञहरुबाट नगरपालिकाको समग्र विकास र परिवर्तनका लागि सल्लाह सुझाव लिने काम गर्ने तर उनीहरुलाई कुनै किसिमको सेवा सुविधा नहुने नगर प्रमुख शमसेर लामाले प्रष्ट पारिसकेका छन ।
डा. अधिकारी हाल केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।
(मनोनयन पत्र सहित)