Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, फागुन २७, २०८२
☰
Logo बुधबार, फागुन २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ८. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ९. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

  • १०. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

सप्तकोसी नदी कटानले दर्जनौं बस्तीका चार हजार घरपरिवार उच्च जोखिममा

ईश्वर तामाङ
डुम्रिबोटे (उदयपुर), १७ असार-

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।

बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका– ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीवता दिएका छन् ।

नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँँछन् । नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पु¥याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सप्तकोसीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कटान तीव्र रूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेको हो । कोसीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने केहीयता आएको बाढीले पुनः थप तीन सय मिटर कटान गरि सकेको छ । करिब दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा सप्तकोसीले नयाँ मार्ग बनाएर त्यहाँ बसोबास गर्ने चार हजार घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका– ६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । ‘तत्काल रोक्न थाम गर्न नसके बेलका नगरपालिकाका– २, ३, ८, ९ बराहक्षेत्र नगरपालिका– ६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुपम, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने छ,’ उनले भने ।

सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका– ६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत बिद्यालय, जनता आधारभूत बिद्यालय, कौशिका आधारभूत बिद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था बिस्थापित भइसकेको लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु बिस्थापित हुने तयारीमा रहेको उनको भनाइ छ । सप्तकोसीको चारवटा भगालो छ । पूर्वपट्टिको भगालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पु¥याएको छ । सबैभन्दा खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पु¥याउँछ ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयबासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुने क्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मत सम्भार तत्कालन थाल्न माग गरेको छ ।

गत वर्ष निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायी रूपमा मर्मत गरिएको थियो । तर अहिले त्यो अस्थायी बाँध बाढीले बगाइसकेको छ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाका स्थानीयमा बाढीको त्रास बढेको हो । कोसीको पानीको सतह लगातार बढ्ने क्रममा रहेकाले कटान गरेका हुन् । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयवासीले जिल्ला बिपद् व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरू बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की स्थानीय सरोकारवालाहरूले स्थलगत अनुगमन गरी कटान रोक्नमा निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गर्ने निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगर प्रमुख कार्कीले जानकारी दिए ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?
सकियो समानुपातिकतर्फको मतगणना
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

ताजा समाचार

सबै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचनः चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.