Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ८. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

  • ९. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

  • १०. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

कैलालीका १२ पालिकाले ल्याए बजेट, कुनमा कति ?

मोहन जोशी

धनगढी, ११ असार –
कैलालीका १३ मध्य १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम सँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको बजेट यस प्रकार रहेको छः

धनगढी उपमहानगरपालिका
सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द १ करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण (प्रदेश सरकार)बाट ३५ करोड ३४ लाख र मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ९ ७ दशमलब ८४ प्रतिशत०, सामाजिक बिकास तर्फ ७४ करोड ७८ लाख ९ ४० दशमलब ६ प्रतिशत०, पुर्वाधार बिकास तर्फ ४५ करोड १० लाख ९२५ दशमलब ५३ प्रतिशत० बिनियोजन गरेको छ । त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख ९२२ दशमलब ७६ प्रतिशत० बिनियोजन गरिएको छ ।

धनगढी उपमहागरपालिकाले बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने निति लिएको छ । आव २०७९/०८० को बजेटमा बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको छ । खरिद प्रकृयालाई पारदर्शि बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक श्रोतले चालु खर्च धान्ने गरि आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा उल्लेख गरिएको छ ।

कैलारी गाउँपालिका
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो ।
बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालु)तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, समावेशी सिद्धान्तका आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए । त्यस्तै, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासँग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।

कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि, भलमन्सालगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ ।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसँग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपन्छी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको अर्को बैठक असार १६ गते बोलाइएको छ ।

गोदावरी नगरपालिका
कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले १ अरब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक बर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन् ।

टीकापुर नगरपालिका
कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११ औं नगरसभामा बैठकमा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ सय ६० रुपैयाँ, मालपोत दर्ता ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ । यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बर्दगोरिया गाउँपालिका
कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७६ करोड ७० लाख बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले शुक्रवार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

बर्दगोरियामा संघीय सरकारबाट ४४ दशमलव ६९ करोड र प्रदेश सरकारबाट १ दशमलव ५१ करोड बजेट सुनिश्चित भएको छ । पालिकाको आन्तरिक आय २ करोड ५० लाख हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदान ३ करोड ९५ लाख, समपूरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ५८ लाख, केन्द्र सरकारको राजस्व बाँड्फाँडबाट ९ करोड ५२ लाख २६ हजार र सशर्त पुँजिगत अनुदान २ करोड ७८ लाख गरी कुल ४४ करोड ६९ लाख २६ हजार प्राप्त हुने भएको छ ।

यस्तै प्रदेश सरकारको विशेष अनुदान २७ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान ८९ लाख १८ हजार, समपूरक अनुदान ११ लाख राजस्व बाड्फाडबाट हजार गरी कुल १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ ।

यता गाउँपालिकाको आन्तरिक स्रोतबाट ७५ लाख, राजस्वबाट ७५ लाख र गाउँपालिकाको अन्य स्रोत रोयल्टी समेत गरी बाट करिब १ करोड गरी आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रकम संकलन हुने अनुमान गरिएको छ । पालिकामा सामाजिक सुरक्षा भत्तामार्फत २० करोड प्राप्त हुने छ भने ८ करोड रुपैयाँ बैङ्क मौजदाद रहेको जनाइएको छ ।

लम्कीचुहा नगरपालिका
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ३८ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
शुक्रबार बसेको नगरसभाको बैठकमा बजेट कार्यक्रम प्रस्तु गर्दै लम्कीकी मेयर शुशीला शाहीले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३८ करोड ४४ लाख २५ हजार बराबरको अनुमानित वजेट, नीति तथा क्रार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडकलाई प्राथमिकता दिइएको छ ।

गौरिगंगा नगरपालिका
कैललीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९० करोड ६४ लाख ७५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गौरिगंगाको १२औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे ।

यस्तै, समपूरक अनुदानबाट ७३ लाख, विशेष अनुदानबाट २५ लाख, मूल्य अभिवृद्धि कर, अन्त शुल्कबाट १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टीबाट ३५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट दुई करोड, सवारी साधनबाट ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाट २२ करोड ५० लाख, आन्तरिक राजस्वबाट तीन करोड ६५ लाख ७० हजार, अन्य रकम एक करोड ८१ लख २८ हजार आयको विवरण पेस गरिएको छ ।

भजनी नगरपालिका
कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७० करोड ६९ लाख १७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । भजनीमा चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे । भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

घोडाघोडी नगरपालिका
कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३ लाख २९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न नगरसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, खेल क्षेत्रलाई प्राथमिकता दिंदै आगामी आर्थिक बर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेको हो ।

जानकी गाउँपालिका
कैलालीको जानकी गाउँपालिकाले आगमी आर्थिक बर्षका लागि ६९ करोड ३० लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जानकीको दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५ सय १६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन्। आयतर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट तीन करोड नौ लाख ५५ हजार, संघीय सामानीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ५२ लाख ५१ हजार, संघीय सशर्त अनुदानतर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाइएको छ ।

मोहन्याल गाउँपालिका
कैलालीको मोहन्याल गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४४ करोड ८९ लाख बराबरको अनुमानित बजेट प्रूतुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको हो ।

चुरे गाउँपालिका
कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४६ करोड ५१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बजेट प्रस्तुत गर्दै चुरे गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.