• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ८. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ९. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • १०. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

बौद्ध विविधतालाई समाज रुपान्तरणमा जोडौं : प्रधानमन्त्री

बुटवल, १० असार-

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दिक्षान्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले बुद्धले प्रतिपादन गरेको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१औँ शताब्दीमा पनि महत्वपूर्ण छ भन्दै आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको बताए ।

‘बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको छ,’ प्रधानमन्त्री देउवाले भने । उनले सम्भावना र चुनौतीको यो संयोगले अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकुल हुन ऊर्जा दिइरहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउँदै उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले नखोजिएका पुरातात्त्विक सम्पदा खोज्न र सांस्कृतिक विरासतको समृद्धि फैलाउन आग्रह गर्दै मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवर्द्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताए ।

‘ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔँ भन्ने गम्भीरता तपाइँहरुमा उद्भव भएको छ भन्ने विश्वाससमेत लिएको छु,’ उनले भने । बुद्ध जन्मस्थल लुम्बिनीमै लुम्बिनी बौद्ध विश्वविद्यालय हुनु भनेको यसको अपूर्व महत्व रहेको भन्दै प्रधानमन्त्री देउवाले यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अङ्ग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसार गर्न सक्नुपर्ने बताए । ‘समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निभाउँछ भन्ने विश्वास छ,’ उनले भने ।

उनले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनोपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याए ।

प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गरे । उनले शाक्यमुनिले ४५ वर्ष अनवरत गरेको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताए । विश्वविद्यालयले आफूलाई बौद्ध दर्शन तथा शिक्षा पद्धतिको अध्ययन अध्यापनमा थप आकर्षक एवं अनुसन्धानमुखी कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

प्रधानमन्त्री देउवाले लामो इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि सदैव चासोको महत्वपूर्ण सम्पदाका रुपमा रहेको बताए ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन
बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

ताजा समाचार

सबै

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

कारागार फर्किए रवि लामिछाने

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

कार्की क्याबिनेटमा मन्त्री नबन्ने बताउँदै सुमनाले भनिन्– सत्ता होइन सेवा सोचौं

बेनीमा मौलिक सम्पदाको संरक्षण

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.