१९ वैशाख, काठमाडौं –
धमाधम नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाइरहेको सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ ।
शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।
यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।
यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो । सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।






