चैत १,काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भर्चुअल बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलगायत नेताहरू ‘बिरामी’ भएकाले बैठक भर्चुअल रूपमा बस्ने बताइएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अबको करिब एक घण्टापछि सचिवालय बैठक बस्नेछ । आजको बैठकबाट समानुपातिक सांसद चयन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।
बैठकका निम्ति उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता झा, सोविता गौतमलगायत नेता काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए ।








