काठमाडौं, फागुन १-
भारतको असम राज्यमा सडकमै विमान अवतरण भएको छ । प्रधानमन्त्रीले नरेन्द्र मोदीले उक्त लडाकु विमान अवतरण सडकमै गराएका हुन् ।
भारतीय रक्षा विज्ञहरूले यसलाई चीन सीमानजिक दिइएको एक रणनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार यो ‘अपरेसन सिन्दूर’ बाट प्राप्त पाठको परिणाम हो ।
भारतीय प्रधानमन्त्री मोदीले सी–१३०जे सुपर हरक्युलिस विमानबाट यहाँ अवतरण गराएका थिए । अवतरणपछि राफेल, सुखोई एसयू–३०एमकेआई र अन्य लडाकु जेटहरूले यहाँबाट उडान, अवतरण र फ्लाइ–पास्टसहितको एयर सो प्रस्तुत गरेका थिए ।








