चितवन,पुस ५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा विशेष सम्बोधन गर्ने भएका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार लामिछानेले आज बिहान ११ बजे भरतपुरको चौबिसकोठीमा आयोजना हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसपछि उनी दिउँसो १ः५० बजेको जहाजको उडानमार्फत काठमाडौं फर्किने र जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारलाई भेट्ने कार्यक्रम रहेको झाले जानकारी दिए । ‘आजै काठमाडौं आएर जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ’, झाले भने । त्यस्तै, लामिछानेलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखिएको छ ।






