८ मंसिर, काठमाडौं ।
पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ ।
सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् ।
बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।















