कात्तिक २५, काठमाडौं :
भारतीय अभिनेता धर्मेन्द्र अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ८९ वर्षीय उनको भेन्टिलेटरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अचानक बिग्रिएपछि सोमबार अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।
उनको स्वास्थ्य अवस्था बुझ्न अभिनेता सलमान खान,शाहरुख खान,गोविन्दालगायत कलाकारहरू अस्पताल पुगेका छन्। धर्मेन्द्रका छोरा सनी देओलले उनको स्वास्थ्य ‘स्थिर’ रहेको बताएका थिए। उनको उपचार जारी छ।
धर्मेन्द्रले यस वर्षको अप्रिलमा आँखाको शल्यक्रिया गराएका थिए। उनी अस्पताल भर्ना भएपछि उनका प्रशंसकहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
उनका प्रशंसकहरूले उनलाई मायानले ‘हि म्यान’ भनेर सम्बोधन गर्छन्। उनी ६ दशकदेखि हिन्दी सिनेमामा सक्रिय छन्। उनले ३०० बढी फिल्म खेलेका छन्। उनले १९६० को दशकमा आफ्नो करियर सुरू गरेका थिए। धर्मेन्द्रले ‘दिल भी तेरा हम भी तेरे’ बाट डेब्यु गरेका थिए।
उनले फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड,पद्म भूषण र हि म्यानको उपाधि प्राप्त गरेका छन्।














