चितवन, १२ भदौः
चितवनको इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एक होटल भित्र इभि माइक्रो बस पसेर दुर्घटनाग्रस्त भएको छ ।
माइक्रोमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा स्थानीय न्यान्सी खाजा घर भित्र पसेको स्थानीयले बताएका छन् ।
माइक्रोमा कुनै यात्रु नभएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।