चितवन, साउन ३१ –
भरतपुर महानगरपालिका ५ विकास चोकमा रहेको अर्बिट स्कुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।
शुक्रबार कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई भरतपुरको सिएमटी होटलमा आयोजित कार्यक्रमकाबीच स्वागत गरेका हुन् । कक्षा ११ का ३०० भन्दा बढी विद्यार्थीलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो सांगितिक प्रस्तुती समेत गरेका थिए ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थी रिदेश पाठकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय सांसद अन्जनी श्रेष्ठ, अतिथिहरुमा भरतपुर महानगरपालिका ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ, भरतपुर ५ का निवर्तमान वडाध्यक्ष पदमपाणी सुवेदी, अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारी, अर्बिट स्कुलका अध्यक्ष दिपेन्द्रराज ढकाल, अर्बिट स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अधिकारी, विकास चोक टोल विकास संस्थाका अध्यक्ष रञ्जित भट्टराई, अर्बिट स्कुल इन्चार्ज नारायण गौतम, अर्बिट स्कुलका जनसम्पर्क अधिकृत अरुणेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमलाई अर्बिट स्कुलका प्लस टु संयोजक देवीप्रसाद बन्जाराले सञ्चालन गरेको थिए भने आनौपचारिक कार्यक्रमलाई विद्यार्थीहरुले सञ्चालन गरेका थिए ।