रामेछाप, ३० साउन :
काठमाडौको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल प्रा. लि.ले रामेछापका नागरिकहरुलाई स्वास्थ्य सेवामा ४० प्रतिशत छुट दिने भएको छ ।
बुधबार आयुर्वेद अस्पतालका संचालक डा.सिजन कोजु र बुढानिलकण्ठमा रहेको खाँडादेवी मेडिकल हलका संचालक तेज बहादुर श्रेष्ठबीच भएको सम्झौता बमोजिम रामेछापका नागरिकहरुले स्वास्थ्य सेवामा छुट पाउने भएको हो ।
श्रेष्ठले रामेछापका नागरिकहरुलाई उक्त सेवाको सदुपयोग गर्न अनुरोध समेत गरेका छन् । सम्झौता अनुसार रामेछापका नागरिकहरुले निरन्तर ५ वर्षको अवधीभरी सेवा लिन पाउने छन् ।