Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

अमेरिकाको तीव्र दबाबपछि नरम बने पुटिन, युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको संकेत

काठमाडाैं, बैशाख ९ –
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक युक्रेनसँग प्रत्यक्ष द्विपक्षीय वार्ता हुन सक्ने संकेत गरेका छन् । युक्रेन युद्ध शुरू भएपछि पुटिनले पहिलोपटक युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न सकिने संकेत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको यस्तो संकेत संयुक्त राज्य अमेरिकाले रुस र युक्रेन दुवैलाई शीघ्र शान्ति सम्झौताको लागि दबाब दिएको बेलामा आएको हो ।

बेलायतको राजधानी लन्डनमा यही साता हुने भनिएको अमेरिका, युरोपेली र युक्रेनी अधिकारीबीचको बैठकअघि पुटिनले दिएको यस्तो संकेतले शान्ति प्रक्रियालाई गति दिन सक्ने अपेक्षा गरिएको छ ।

सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पुटिनले युक्रेनको पूर्वाधारमाथिको आक्रमण रोक्ने विषयमा किभसँग प्रत्यक्ष छलफल गर्न सकिने बताए ।

उनले युद्धविरामप्रति रुसको सकारात्मक दृष्टिकोण रहेको उल्लेख गरे । हालै रुसले लागू गरेको ३० घण्टे इस्टर युद्धविरामको उदाहरण दिँदै उनले भने, ‘हामी सधैं शान्ति पहलप्रति सकारात्मक छौं । हामी आशा गर्छौं कि युक्रेनका प्रतिनिधिहरूले पनि यस्तै भावना राखेका छन् ।’

तर, पछिल्लो ३० घण्टे युद्धविराम दुवै पक्षले एक-अर्कालाई उल्लंघन गरेको आरोप लगाएर विवादास्पद बन्यो । पुटिनले हालैका रुसी आक्रमणले युक्रेनका कतिपय नागरिक पूर्वाधारलाई निशाना बनाएको स्वीकार गरे । तर, ती पूर्वाधारहरू सैन्य उद्देश्यका लागि प्रयोग भएको उनको दाबी छ ।

‘यो विषयमा गहन छानबिन आवश्यक छ’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो द्विपक्षीय संवादको परिणामस्वरूप सम्भव हुन सक्छ । हामी त्यसलाई अस्वीकार गर्दैनौं ।’

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको भनाइलाई पुष्टि गर्दै रुसको समाचार एजेन्सी इन्टरफ्याक्सलाई भनेका छन्, ‘राष्ट्रपतिले नागरिक पूर्वाधारमाथि आक्रमण नगर्ने विषयमा द्विपक्षीय छलफल सम्भव छ भनेर युक्रेनी पक्षसँग वार्ता र छलफललाई संकेत गर्नुभएको हो ।’

सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्ण रूपमा आक्रमण शुरू भएपछि रुस-युक्रेनबीच प्रत्यक्ष वार्ता भएको छैन ।

युक्रेनको जवाफ र जेलेन्स्कीको अडान
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावमा सार्वजनिक टिप्पणी गरेका छैनन्, तर मंगलबार उनले लन्डन वार्तामा युक्रेनी प्रतिनिधिमण्डल पठाउने घोषणा गरे ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेन, बेलायत, फ्रान्स र अमेरिकासँग हामी विनाशर्त युद्धविराम र शान्ति स्थापनाका लागि रचनात्मक रूपमा अघि बढ्न तयार छौं । विनाशर्त युद्धविराम शान्तिको पहिलो कदम हुनुपर्छ ।’

जेलेन्स्कीले शान्ति सम्झौताको लागि तत्परता देखाएका छन्, तर उनले गत महिना रुसले कब्जा गरेको क्षेत्रलाई रुसी क्षेत्रको रूपमा मान्यता नदिने बताए । युक्रेनले बारम्बार रुसी नागरिकमाथि जानाजानी हवाई र ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

अमेरिकी दबाब
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत शुक्रबार शान्ति प्रक्रियामा कुनै प्रगति नभएमा अमेरिकाले युक्रेनी द्वन्द्व अन्त्य गर्ने प्रयासबाट पछि हट्न सक्ने चेतावनी दिएका थिए ।

रुस र युक्रेन दुवै पक्षबीच मतभेद कम गराउने प्रयासस्वरूप अमेरिकाले एउटा ‘व्यापक ढाँचा’ प्रस्तुत गरेको रुबियोको भनाइ छ । उक्त प्रस्तावअनुसार २०१४ मा रुसले कब्जा गरेको क्रिमिया रुसकै नियन्त्रणमा रहने गरी सम्झौता गर्न अमेरिका तयार छ ।

उक्त ढाँचाका केही पक्षहरू अझै पूरा गर्न बाँकी छन् । अमेरिकाले यो साता लन्डन वार्तामा युरोपेली र युक्रेनी पक्षसँग सहकार्य गर्ने योजना बनाएको छ ।

साथै, ट्रम्प प्रशासनले मध्यपूर्व दूत स्टिभ विटकफ र रुसबीच अर्को बैठक बस्ने पनि बताएको छ । आफूले बनाएको ढाँचामा पुटिनलाई सहमत गराउन ट्रम्पले भरमुग्दर प्रयास गरिरहेका छन् ।

रुस र युक्रेनबीचको अविश्वास, क्षेत्रीय दाबी र नरोकिएको आक्रमणले शान्ति प्रक्रियालाई जटिल बनाएको छ । युक्रेनले रुसले कब्जा गरेका क्षेत्रलाई रुसी नियन्त्रणमा राख्ने मान्यताको विरोध गरेको छ । रुसले भने युक्रेनको नागरिक पूर्वाधारमाथिको आक्रमणलाई जायज ठानिरहेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रास्वपा सचिवालय बैठक आज
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

ताजा समाचार

सबै

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.