Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन

वासिङ्टन डिसी अप्रिल ६
शनिबारदेखि अमेरिकाको धेरै ठाउँमा मानिसहरू सडकमा निस्किएका छन् । उनीहरू डोनाल्ड ट्रम्पले लिएका आर्थिक तथा अन्य नीतिहरू विरुद्ध विरोधमा निस्किएका हुन । वाम विचार राख्ने संगठनहरुले डोनाल्ड ट्रम्पका नीतिलाई ुअर्बपतिहरुको समर्थनमा आएको अधिनायकवादी अतिक्रमणु भनिरहेका छन् ।

आन्दोलनकारीहरूका अनुसार अमेरिकी राजधानी वासिङ्टन डी।सी तथा फ्लोरिडा लगायत अन्य सहरमा गरेर करिब पाँच लाख भन्दा धेरै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

शनिबार न्यु हेम्पसायर तथा पेन्सिल्भेनिया लगायत टाढा टाढाबाट समेत आएका ट्रम्प(विरोधी प्रदर्शनकारीहरू वासिङ्टन स्मारकको छेउमा भेला भएका थिए ।

बादल लागेर धुम्मिएको दिनमा प्रदर्शनकारीहरू ट्रम्प विरोधी प्ले(कार्ड तथा युक्रेनको झण्डासमेत बोकेर आएका थिए । उनीहरू ट्रम्पले युक्रेनमा आक्रमण गरिरहेको रुससँग सम्बन्ध सुधार गर्न खोजेको विषयमा पनि आक्रोशित देखिन्थे ।

हिजोको विरोध कार्यक्रम ट्रम्पले दोस्रो कार्यकालमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेपछि वासिङ्टन डिसीमा भएको पहिलो सामूहिक प्रदर्शन हो । आन्दोलनकारीहरूले यस्ता कार्यक्रमबाट अन्य अमेरिकीहरूलाई पनि आफ्नो विरोध प्रदर्शन गर्न प्रेरित गर्ने आशा गरेका छन् । नागरिक समाज संस्था न्यू ह्याम्पसायर फरवार्डका १०० जना सदस्य साथीहरूसहित न्यू ह्याम्पसायरबाट आन्दोलनकै लागि भनेर आएकी ६३ वर्षीया डायन कोलिफ्राथले भनिन ुयो प्रदर्शनको उद्देश्य भनेकै मानिसहरूलाई झक्झकाउनु होु ।

उनी थप्छिन् ुट्रम्पले आफ्ना विरुद्ध उभिनेहरू विरुद्ध आक्रामक र हिंसात्मक रवैया लिएका कारण धेरै मानिसहरू उनको विरोध गर्न डराएका थिए । यो आन्दोलनको उद्देश्य भनेकै चुपचाप बस्न विवश अमेरिकीहरूलाई हामी उठ्यौँ भनेर देखाउनु हो । आशा छ जब उनीहरू हाम्रो शक्ति देख्छन् । त्यसले उनीहरूलाई पनि उठ्न हिम्मत दिनेछ ।ु

यी प्रदर्शनहरूलाई ुह्याण्ड्स अफु भन्ने नाम दिइएको छ । यो प्रदर्शनमा संलग्न संगठनहरु मध्ये एक ुमुभ अनु ले यस्तो नाम दिएको हो । श्रमिक संगठन, वातावरण सम्बन्धी अधिकारकर्मी तथा प्रगतिशील समूहहरु संलग्न यस्ता प्रदर्शन राजधानी वासिङ्टन डी।सी लगायत अमेरिकाको १ हजार भन्दा धेरै ठाउँमा भएका छन् ।

आन्दोलनमा सक्रिय ुइन्डिभिजिवल नामको संस्थाको कार्यकारी निर्देशक लिच ग्रीनबर्ग भन्छिन् ु हामी ट्रम्पसामु जानाजान घुँडा टेकिरहेका व्यक्ति र संस्थालाई स्पष्ट देखाउन चाहन्छौ की त्यस्तो हुनबाट रोक्नका लागी अमेरिकामा ठुलो आन्दोलनको आँधी उठ्न तयार छु।

उनी थप्छिन् ु यदि हाम्रा राजनीतिक नेताहरू ट्रम्पको हर्कत विरुद्ध उभिन्छन् भने हामी दृढ समर्थन गर्नेछौँ । हामी उनीहरू लोकतन्त्रका मूल्य मान्यता जोगाउन उभिउन् भन्ने चाहन्छौँ । साथै हामी यसका लागी दृढतासाथ उभिएका मानिसहरू सडकमा छन् है भनेर देखाउन पनि चाहन्छौँ । यो प्रदर्शनको उद्देश्य नै त्यो सन्देश दिनु हो ।ु

सबैभन्दा ठुलो प्रदर्शन वासिङ्टन डी।सी को ुनेशनल मलु मा भयो । त्यहाँ दसौँ हजार मानिसहरू भेला भएका थिए । उक्त प्रदर्शनलाई डेमोक्र्याटिक पार्टीका जेमी रस्किन, म्याक्सवेल फ्रष्ट तथा इल्हान ओमर जस्ता नेताहरूले पनि सम्बोधन गरेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी सदनको न्यायिक समितिको सदस्य समेत रहेका मेरिल्याण्ड प्रान्तको तर्फबाट डेमोक्र्याटिक पार्टीका प्रतिनिधि रस्किनले भने ु तिनीहरू लोकतन्त्र सकियो भन्ने ठान्छन् । उनीहरू हाम्रो भुक्तानी प्रणाली कब्जा गर्न खोज्दैछन् । यसो गरे पछि मात्रै उनीहरू व्यवस्था फेर्न सकिन्छ भनेर लागेका छन् ु।

ुउनीहरूले लोकतन्त्रको आधार नै समाप्त गर्दैछु भन्ने ठानेका होलान् तर उनीहरूलाई आफू कोसँग व्यवहार गर्दैछु भन्ने थाहा छैन जस्तो छु उनले थपे ।

प्रदर्शनमा सहभागी ह्युमन राइट्स क्याम्पेन नामको समूहकी प्रमुख केलि रोबिन्सन ट्रम्पले ुएलजीबीटीक्यु प्लसु लगायत लैंगिक अल्पसङ्ख्यकहरू प्रति गरेको व्यवहारको आलोचना गर्छिन् । ुहामी विविध खाले आक्रमण देखिरहेका छौँ । ती केवल राजनीतिक मात्रै छैनन् । व्यक्तिगत पनि छन् ।।।।उनीहरू हाम्रा पुस्तकमाथि प्रतिबन्ध लगाउन खोज्दैछन् । एचआईभीबाट सुरक्षा दिने खोप घटाउँदैछन् । हाम्रा डाक्टर, शिक्षक, परिवार र हामी आफैलाई अपराधी करार गर्दैछन् ।।।हामीलाई यस्तो अमेरिका चाहिएको छैन। हामी हाम्रो अमेरिका खोज्दैछौँ । जहाँ आत्मसम्मान, सुरक्षा र स्वतन्त्रता केवल हामी केहीलाई मात्रै नभएर हामी सबैलाई प्राप्त हुन्छ ु।

ट्रम्पको निवास मार(आ(लागोबाट करिब एक घण्टाको दूरीमा रहेको फ्लोरिडा, हलिउडको दृश्य अझ जीवन्त थियो । उनीहरू ह्वाइट हाउसको सल्लाहकार बनेका खर्बपति एलन मस्क र उनको खर्च कटौतीलाई लिएर नारा लगाइरहेका थिए । प्रदर्शनमा गोरा नागरिकहरूको प्रधानता थियो । उनीहरू ु हे हे हो हो १ ट्रम्प एन्ड मस्क ह्याब गो टु गो १ु भनेर ठुलो स्वरमा गाइरहेका थिए ।

एलन मस्कको कार उद्योगमा बनेका टेसला साइबरट्रकका ड्राइभरहरूलाई जिस्काइरहेका देखिन्थे । भेटेसम्म त्यस्ता ट्रकहरूमा रङ्गिन प्लेकार्डहरू टाँसिरहेका थिए ।

हिटलरको शासनकालको नाममा सम्झिने गरिएको ुथर्ड राइखुलाई व्यङ्ग्यात्मक रूपमा भनिने ुटर्ड राइखु लाई उल्लेख गर्दै प्रदर्शनकारीहरूले टेस्लाका साइबरट्रकमा ुटर्ड राइखलाई मुद्दा चलाऊ र जेल हालु भनेर लेखेका थिए । केही आन्दोलनकारीको रिस विश्वका सर्वाधिक धनी एलन मस्क माथि थियो । उनीहरूले ुहामीले एलन मस्कलाई चुनावमा छानेको होइनु लेखे । केही प्रदर्शनकारीहरू अमेरिकामा लोकतन्त्रको भविष्यबारे चिन्तित देखिन्थे । एउटा प्लेकार्डमा ु ह्यान्डस अफ डेमोक्रेसीु अर्थात् ु लोकतन्त्रलाई नचलाऊु लेखिएको थियो । अर्को प्लेकार्डमा ु पुटिनको प्यादा नबनु लेखिएको थियो ।

प्रदर्शनको छेउबाट यात्रा गरिरहेका सवारी साधनहरूले प्रदर्शनको पक्षमा हर्न बजाएर सघाएको तथा ऐक्यबद्धताको भावमा आफ्नो बुढी औँलाले ुथम्ब्स अपु गरेको देखिन्थ्यो । फ्लोरिडाको बोवार्ड नामको यो काउन्टी गएको नोभेम्बरमा भएको निर्वाचनमा कमला ह्यारिसलाई मत दिएका छ वटा काउन्टी मध्ये एउटा हो । त्यहाँ ह्यारिसले ट्रम्पलाई १६ अंकले पछि पारेकी थिइन् । यो ठाउँ अमेरिकामा लैंगिक अल्पसङ्ख्यकहरूको असाध्यै क्रियाशील समुदाय रहने ठाउँ पनि हो ।

ुयो हाम्रो लोकतन्त्र, अर्थतन्त्र र नागरिक अधिकार माथिको हमला होु प्रदर्शनमा सहभागी ६४ वर्षीय जेनिफर हेइट भन्छिन् । उनको हातमा भएको पर्चामा ुअमेरिकास् हामीलाई राजा वा अल्पतन्त्र चाहिएको छैनु लेखिएको थियो । ुयहाँ हरेक कुरा यसरी खराब हुँदै गएको छ, मलाई लाग्छ हामी चुपचाप बसेर हुँदैन । हामीले जे गर्न सक्छौँ त्यो गर्नै पर्छ । हामीले गर्ने यस्तो हल्लाखल्लाले धेरैलाई झस्काउने छु उनी भन्छिन् ।

हेइट हालैका दिनमा फोर्ट लाउडरडेलमा टेस्लाको डिल अगाडि भएको विरोध प्रदर्शनमा पनि सामेल भएकी थिइन । ट्रम्प प्रशासनले कानुनको शासनमाथि गरिरहेको आक्रमण र खास गरी निष्पक्ष कानुनी प्रक्रिया बेगर नै मानिसहरूलाई देश निकाला गरेको लगायत गतिविधिले उनी क्रोधित छिन । ुहाम्रो देश कानुनको आधारमा चल्नुपर्छु उनले भनिन।

६२ वर्षीया जनस्वास्थ्य अनुसन्धानकर्ता डोना ग्रीन फ्रान्सको राज्यक्रान्तिको समयमा जिलोटिनले काटिएकी महारानी मेरी एन्टोनेटको पोसाकमा प्लेकार्ड बोकेर आएकी थिइन् । जसमा लेखिएको थियोस् ुमस्क र ट्रम्प भन्छन् उनीहरूलाई केक खान देऊु । यो वाक्यांश फ्रान्सकी महारानी मेरी एन्टोनेटले गरिब जनताहरू रोटी खान नपाएर तड्पिएका छन् भन्दा ुउनीहरूलाई केक खान देऊ ु भनेकी थिइन् भन्ने कहानीमा आधारित छ । यसलाई धनाड्य वा शासकहरूले आम मान्छेको अवस्था बुझ्न नसकेको बारे उदाहरणको रूपमा प्रयोग गर्ने गरिन्छ ।

डोना ग्रिनका पिता दोस्रो विश्वयुद्धमा सैन्य सेवामा थिए । उनी आफ्ना पिताले अमेरिकाको लागी भाग लिएका ६५ सैन्य अभियानबारे गर्व गर्छिन् । तर उनलाई डोनाल्ड ट्रम्पको उदय हुँदै गरेको आजको अमेरिका उनका पिताले युद्ध लडेको समयको जस्तो नभएकोमा गुनासो छ ।

ुमेरो बुवा जे कुराको लागी लड्नुभयो तथा तथा ती हरेक कुरा जसलाई हामी असाध्यै राम्रो मान्थ्यौँ । ती सबै आज ध्वस्त हुँदैछन् । ।।।कति छिटो हाम्रो मुलुकका संस्थाहरू धमाधम खत्तम हुँदैछन् भनेर मैले सोच्न समेत सकेको छैन । सत्तामा भएका कुनै रिपब्लिकनहरू पनि यसलाई रोक्न लागेका छैनन् ।ु डोनाले भनिन ।

उता क्यालिफोर्नियाको भेन्चुरा भन्ने ठाउँमा स्यान्डी फ्रेडम्यान आफ्नी आठ वर्षे नातिनी ह्यारोल्ड रोज रेगालाई लिएर प्रदर्शनमा आएकी छन् । उनी आफूलाई सामाजिक सुरक्षाको चिन्ता भएको बताउँछिन् । ुमैले र मेरो श्रीमानले जीवनभर काम गरेका छौँ । मलाई अहिले आएर ट्रम्पले यो सबै खोस्छन् भन्ने डर लागेको छु ।

अर्का आन्दोलनकारी हार्लो ुमेरो भविष्य जोगाइदेऊु भन्ने प्लेकार्ड बोकेर उभिएका थिए ।

अप्रिल १ मा ट्रम्पले नयाँ भन्सार महसुलहरूको घोषणा गरे पछि पुँजी बजारमा ठुलो पहिरो गयो । त्यस पछि मानिसहरू प्रदर्शनमा निस्किएका छन् । आर्थिक क्षतिका बाबजुद ट्रम्पको बोली भने अझ कठोर हुँदै छ । उनले शुक्रबार ु मेरा नीतिहरू अब फेरिँदैनन्ु भनेर आफ्नो अडान राखेका छन् ।

सञ्चार माध्यम रोयटर्सले गरेको सर्वेक्षण अनुसार ट्रम्पको ुएप्रुभल रेटिङु घटेर ४३ प्रतिशतमा आइपुगेको छ । यो उनले कार्यभार ग्रहण गरेको समय देखिकै न्यून बिन्दु हो ।

द गार्जियनबाट०

Chitwan Aaja चितवन आज
आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बजारमा ग्यास अभाव, आयात भने नियमित
कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)
रास्वपा सचिवालय बैठक आज

ताजा समाचार

सबै

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.