Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

मनस्थिति राम्रो बनाउने यी हुन् पाँच थरी व्यायाम

बुई थू (बीबीसी विश्व सेवा)
धूमिल आकाश, सुस्त माहोल वा आरामदायी ओछ्यानबाट बाहिर निस्कनै मन नलाग्ने कुनै त्यस्तो दिन हुन सक्छ जतिखेर तपाईँले बाहिरबाट मगाएको खानेकुरा बुझ्ने काम नै पनि निकै कष्टकर लाग्छ। तपाईँलाई अल्छी लागेको, निरश महसुस भइरहेको बेला मनमा क्षणक्षणमा नयाँनयाँ कुरा उब्जिरहेको हुन्छ र तपाईँलाई आफ्नै भावना भारी लाग्छ।

तर कुरा यस्तो हो : अल्छी लाग्ने कुरा तनावसँग जोडिएको हुन्छ। सुखद कुरा चाहिँ के हो भने यो कुनै रोग होइन र तपाईँ पुरानै सहज अवस्थामा फर्कन सक्नुहुन्छ। तपाईँका अगाडि उज्ज्वल दिनहरू रहेको विश्वास गर्नुहोस्। यहाँ तपाईँको मनोभाव बलियो राख्न र ऊर्जाको तहलाई पुनः तङ्ग्राउनका लागि केही विज्ञानमा आधारित तथ्यहरू प्रस्तुत गरिएका छन्।

व्यायामको महत्त्व

यति तपाईँ बाहिरबाट मगाइएको खानेकुरा बुझ्नका लागि उठ्नुभयो भने त्यसलाई उक्त अग्रसरता जारी राख्नका लागि सुरुवाती कदमका रूपमा बुझ्नुहोस्। सन् २०१९ मा अमेरिकाको हार्बर्ड मेडिकल स्कूलले गरेको एक अध्ययनले हरेक ससाना गतिविधिको योगदान हुने उल्लेख गरेको छ।

यदि तपाईँ राम्रो र विस्तृत स्वरूपको जिम अभ्यास मन पराउनुहुन्छ भने त्यसलाई जारी राख्नुहोस्। तर यदि त्यो तपाईँको वशको कुरा होइन भने पनि सामान्य रूपले नै उठ्ने र हलचल गरिरहनुले पनि धेरै फरक पार्छ। अध्ययनहरूका अनुसार नियमित शारीरिक गतिविधि गर्नाले तनाव कम हुन्छ, मनस्थिति राम्रो हुन्छ र चिन्ता तथा तनावको जोखिम कम गर्छ।

प्राध्यापक स्कट लिअर फाइजर हर्ट एन्ड स्ट्रोक फाउन्डेशनका मुटुरोग रोकथाम अनुसन्धान एकाइका अध्यक्ष हुन्। क्यानडाको भ्यान्कूभरस्थित सेन्ट पोल्ज अस्पतालमा कार्यरत उनी सबैभन्दा राम्रो व्यायाम भनेको जसमा जो सबैभन्दा रमाउँछ, त्यही नै हुने बताउँछन्।

“व्यायामलाई मनस्थिति र मानसिक स्वास्थ्यसँग जोड्ने धेरैजसो अध्ययनहरू मध्यमखाले गतिविधिमा केन्द्रित छन्। नियमित रूपमा सक्रिय रहने मानिसहरूमा निराशा र तनावजस्ता मानसिक बिमारको सम्भावना कम हुन्छ।”

त्यसको सफलताको राज भनेको छोटो र सहज राख्नु हो। “व्यायाम गर्नमा म अल्छी र उत्साहित नभएको महसुस हुन सक्छ, तर एकपटक व्यायाम गरिसकेपछि म धेरै सतर्क र खुसी महसुस गर्छु,” प्राध्यापक लिअर भन्छन्।

“मनस्थितिका बारेमा अध्ययन गर्दा मैले देखेको सबैभन्दा छोटो गतिविधि १० मिनेटको हो। यसर्थ छोटो अवधिको गतिविधि पनि लाभदायक हुन सक्छ।”

आम दिनचर्याबाट पर

जेम्स (परिवर्तित नाम)ले अफ्रिकी युद्धक्षेत्रमा काम गरेपछि १० वर्षअघि पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर (पीटीएसडी)का कारण जागिर छाडे। अहिले लन्डनमा आफ्ना सन्तान हुर्काइरहेका उनी दैनिकजसो आफूलाई सकारात्मक मनस्थितिमा राख्नका लागि भन्दै जिम जाने गर्छन्।

“खाली हातका लागि राक्षसले काम बनाउँछ। निश्चित दिनचर्याको अभावमा तपाईं नकारात्मक विचारहरूको सिकार हुनुहुने छ र त्यसरी सोच्न थाल्नुहुनेछ,” उनले भने। जिमखानामा हुने व्यायामहरू आफूलाई निरस लाग्ने गरे तापनि जेम्सले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका लागि त्यो महत्त्वपूर्ण मान्छन्।

“त्यसलाई सघाउन मैले अरू केही गर्नुपर्छ – साइक्लिङ वा रोइङ्गका बेला पड्कास्ट सुन्नेजस्तोI म यो काम कहिल्यै पनि पूर्ण रूपमा बन्द गर्न सक्दिनँ। तर यसलाई म दैनिक जीवनबाट टाढा लैजाने कुराका रूपमा हेर्छु।”

व्यायाम कि औषधिउपचार

प्राध्यापक लिअर धेरैजसो हकमा औषधिभन्दा पहिले व्यायामको प्रयास गरिनुपर्ने सुझाउँछन्। पाकिस्तानी सहर कराचीका एक साइकोथेरपिस्ट राबिआ अग्हा भावनात्मक समस्याका लागि व्यायाम चिन्ताको औषधिभन्दा निकै उपयोगी हुन सक्ने बताउँछिन्।

“उनीहरू मनोपरामर्शदाताकहाँ भन्दा मनोचिकित्सककहाँ जान्छन्। उनीहरूलाई सामान्य रूपमै औषधि दिइन्छ,” उनले बीबीसीसँग भनिन्। “उनीहरू मनस्थिति सुधार्न खोजिरहेका हुन्छन्। उनीहरू समस्या सुल्झाउन खोज्छन्… उनीहरू अस्थायी समयका लागि खुसी हुन चाहन्छन्।” उनी व्यायामले औषधिलेजत्तिकै काम गर्ने र त्यो लामो समय टिक्ने बताउँछिन्।

भेनेजुएलाकी मानसिक स्वास्थ्य सम्बन्धी थेरपिस्ट पिकी मार्खेज व्यायामसँगै औषधोपचारको आफ्नै भूमिका हुने बताउँछिन्। “त्यो समग्रतामा हुनुपर्छ,” उनले बीबीसीसँग भनिन्। “मकहाँ सेवा लिन आउने ड्रिप्रेशन भएका केही मानिसहरू [व्यायाम] गर्छन् र त्यो उनीहरूका लागि राम्रो हो। र उनीहरू भन्छन् : ‘म औषधोपचार गर्छु’ र त्यसपछि औषधोपचारले नतिजा दिन्छ।”

मनस्थिति राम्रो बनाउने पाँच थरी व्यायाम

१. एरोबिक अभ्यास

हिँड्ने, दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले तनाव र चिन्ता कम हुन्छन्। जम्मा १५ मिनेट दौडिने वा छिटोछिटो एक घण्टा हिँड्दा पनि तपाईंको मनस्थिति निकै राम्रो हुन्छ र मुटुको स्वास्थ्य तथा शक्तिमा सुधार हुन्छ।

अध्ययनहरूका अनुसार २० देखि ३० मिनेटको एरोबिक व्यायामले घण्टौँसम्म शरीरलाई स्थिर बनाइराख्छ।

२. बलयुक्त कसरत

भारोत्तोलन र ‘बडीवेट वर्कआउट’जस्ता प्रतिरोधात्मक व्यायामहरूले डिप्रेशनका लक्षणहरू कम गर्ने, आत्मविश्वास बढाउने र पाचनप्रणालीको स्वास्थ्य र तनाव प्रतिरोधात्मक क्षमतामा सुधार गर्ने गर्छ। शारीरिक गतिविधिहरू कहिलेकाहीँ भन्दा पनि नियमित गर्नुले यस्ता लाभहरू लिन सकिन्छ।

३. योग र मानसिक एवं शारीरिक अभ्यासहरू

तपाईंलाई योग र ताई चीले आराम गर्न र तनाव कम गर्न सघाउँछ। सातामा दुईदेखि तीनपटक, दैनिकजसो ६० देखि ९० मिनेटसम्म योगाभ्यास अभ्यास गर्नाले कोर्टिसोलको स्तर कम हुन्छ र संयमता तथा सन्तुलनको भावना बढ्छ।

४. धेरै बल पर्ने विरामसहितको अभ्यास (हीट)

यदि तपाईँ उल्लेखनीय नतिजाहरू प्राप्त गर्दै कम समय व्यायाम गर्न चाहनुहुन्छ भने त्यसको लागि मुख्य रूपमा त्यसको तीव्रता बढाउन आवश्यक छ। आधिकारिक निर्देशिकाहरूले सुझाएअनुसार ७५ मिनेटको कडा क्रियाकलाप गर्नु भनेको १५० मिनेटको मध्यम व्यायामको बराबर हुन सक्छ। धेरै बल पर्ने विरामसहितको अभ्यास (हीट) मा छोटा तर तीव्र गतिविधिहरू समावेश हुन्छन्। यसको प्रभावकारिताका कारण पनि त्यो लोकप्रिय भइरहेको छ।

५. दैनिक सक्रियता

सिँढी चढ्ने, हिँड्ने वा घरायसी काम गर्नेजस्ता साधारण गतिविधिहरूले समग्र गतिविधिमा योगदान पुर्‍याउँछन्। कम्तीमा १५ मिनेट उच्च गतिको क्रियाकलाप वा एक घण्टाको कम गतिको व्यायामले डिप्रेशनको जोखिम कम गर्छ।

जीवनशैलीमा काम गर्दा उभिने, खाली समयमा शरीर तन्क्याउने वा गाडी चलाउनुको सट्टा हिँड्नेजस्ता ससाना परिवर्तनले दैनिक सक्रियता बढाउन मद्दत गर्छ।

भर्खरै सुरुवात गर्न चाहिरहेका वा आफूलाई सुस्त महसुस गर्नेहरूले एकै चोटि ठूला तथा अस्पष्ट लक्ष्यहरू राख्नुको साटो ससाना र ठोस कदमबाट सुरु गर्नु राम्रो हुन्छ। जस्तै, हप्तामा तीन पटक पाँच मिनेट पैदल यात्रा गर्ने प्रतिबद्धता एउटा हुन सक्छ। व्यायाम गर्ने साथी हुनुले पनि तपाईँलाई प्रेरणा दिन सक्छ।

व्यायामसँग जोडिएको विज्ञान

तपाईँलाई के अझै ढाडसको आवश्यकता छ? अझै तपाईँ उत्प्रेरित हुन सक्नुभएन? त्यसो हो भने भान्छा वा बगैँचामा काम गर्नुहोस्। वा हाइकिङ जानुहोस्। अथवा उत्प्रेरक पड्कास्ट सुन्दा कसो होला ?

एक प्रेरणादायी ‘टेड्टक’मा स्नायुवैज्ञानिक वेन्डी सुजुकीले व्यायामले स्वस्थ मस्तिष्कमा पुर्‍याउने योगदान उल्लेख गर्दै त्यसमा जोड दिएकी छन्।

पहिलो प्रभाव : व्यायामले दिमागमा तत्कालै प्रभाव पार्छ। एक पटक मात्रै कसरत गर्दा पनि शरीरमा डोपामाइन, सेरोटोनिन र नोराड्रेनालाईनको स्तर बढ्छ र तपाईँको मनस्थिति तुरुन्तै सुधार हुन्छ।

दोस्रो प्रभाव : स्नायुविज्ञानसम्बन्धी अध्ययनहरूमा लामो समय गरिने व्यायामको प्रभावस्वरूप तपाईँको एकाग्रतामा सुधार हुने देखिन्छ।

तेस्रो प्रभाव : नियमित व्यायामले दीर्घकालीन प्रभाव पार्छ। यसले मनस्थिति राम्रो बनाउनका लागि हाम्रो शरीरमा एक कोषबाट अर्को कोषमा सूचना पुर्‍याउने रासायनिक सन्देशवाहक तत्त्व बढाउन मद्दत गर्छ। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech