Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • १०. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

अङ्कुरम् एकेडेमीको प्रारम्भिक बालविकास र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण सम्पन्न

भरतपुर फागुन २४
अभिभावकीय भूमिका बहन गर्ने क्रममा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शनिबार प्रारम्भिक बालविकास (इसिडी) र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यसवर्षको महिला दिवसको मुख्य सन्देश ‘गतिशील कार्यान्वयन’लाई आत्मसात गर्दै शिक्षा र सशक्तीकरणमार्फत लैङ्गिक समानतालाई अगाडि बढाउने लक्ष्यसहित भरपुरको पटिहानीस्थि होटेल सोल्टी वेस्टएन्डमा उक्त एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेकी तहप्रमुख सुमन शेर्पा लामाले विश्वभर विविध क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुको स्मरण गर्दै प्रविधिमा महिलाको पहुँच विस्तार गरी महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानताको अन्त्यका लागि प्रयास गर्ने र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्यसहित मनाइने महिला दिवसको अवसरमा चितवनको शिक्षा क्षेत्रमा क्रियाशील महिलाहरुको सशक्तीकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताइन् ।

‘सिद्धान्तदेखि कार्यान्वयनसम्म’ भन्ने मूल नाराका साथ ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा चितवनका विभिन्न पालिकाका मोन्टेसरी स्कुल र अन्य विद्यालयका प्रारम्भिक कक्षामा शिक्षण गर्ने शिक्षक÷शिक्षिकालाई प्रशिक्षण दिइएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

‘सबै महिला तथा बालबालिकाका लागि अधिकार तथा सशक्तीकरण’ भन्ने नाराका साथ विश्वभर ११५औँ नारी दिवस–२०२५ मनाइरहेको सन्दर्भमा विद्यालयले उक्त नारालाई कार्यान्वयन गर्ने सन्दर्भमा तालिमको आयोजना गरिएको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालमा शुभकामना दिने र मौखिकरुपमा त्यसलाई लागू गर्ने भन्ने कुरा औपचारिकता मात्र हुने भएकोले त्यसको सही कार्यान्वयनका लागि तालिमको आयोजना गरेका हौँ ।’

तालिमका प्रशिक्षक सुष्मा दाहालले प्रारम्भिक बालविकासको आधार, वृद्धि र समग्र विकास, मोन्टेसरी र अन्य सिद्धान्तहरु तथा बालबालिकालाई बुझ्ने कला, समावेशी शिक्षा, बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता र शिक्षकको भूमिकाबारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गरेकी थिइन् ।

प्रशिक्षक दाहालले प्रारम्भिक बाल विकासको आधारभित्र सुरक्षित प्रसव, नवजात शिशुको पोषण, उसको सुरक्षा र स्वास्थ्य, संज्ञानात्मक उत्तेजना र पौष्टिक खानाबारे बाबुआमा सचेत रहनुपर्ने बताइन् । प्ले ग्रुप वा प्रि–स्कुलमा प्रारम्भिक बाल्यकाल विकासका महत्वपूर्ण पक्षहरु पार गरेर मात्र बालकालिका प्राथमिक विद्यालय प्रवेशको लागि योग्य हुने उनको भनाइ थियो ।

त्यस्तै, अर्की प्रशिक्षक सावित्री तिमिल्सिनाले प्रशिक्षार्थीहरुले अहिले आफ्ना विद्यालयहरुमा लागू गरिरहेका अभ्यासहरु, स्थानीय स्रोतसाधनको प्रयोग गरेर रचनात्मक र आकर्षक सिकाइ प्रक्रिया सिर्जना गर्र्ने सीप, कक्षाकोठामा सहयोगी सिकाइ संस्कृतिको निर्माण, प्रारम्भिक बाल शिक्षामा नेतृत्व र नवीनताका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

प्रशिक्षक तिमिल्सिनाले नयाँ विचारहरुको खोजका लागि सुरक्षित वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको बताउँदै बालबालिकाका प्रारम्भिक वर्षहरुमा हामीले कार्यान्वयन गर्ने नवीनताले उनीहरुलाई जीवनभर सिक्ने र सफलताको निम्ति विविध चरणहरु तय गर्न सक्षम बनाउने बताइन् । उनले भनिन्, ‘प्रारम्भिक बाल विकास केवल समयसँगको तालमेल मात्र नभएर उनीहरुको उत्तम सुरूवात पनि हो,’ ‘नवीन अभ्यासहरुमार्फत बालबालिकाको विकासका समग्र पक्ष समेटिनु आवश्यक छ ।’

उक्त तालिममा शिक्षासँग सम्बन्धित व्यक्ति, विद्यालयका प्राचार्य, शिक्षिकाहरु तथा प्रारम्भिक बाल विकास विज्ञहरु गरी १०१ जनाको उपस्थिति थियो । बालबालिकाको समग्र विकास, समावेशी शिक्षण विधिहरु, मोन्टेसरी शिक्षण पद्दति तथा प्रारम्भिक शिक्षामा नेतृत्व विकासजस्ता विषयमा केन्द्रित रही सहभागीहरुलाई उपयोगी ज्ञान तथा नवीनतम शिक्षण विधिहरु प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा प्रशिक्षितहरुको योगदानले भविष्यका पुस्ताहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।

गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्दै शिक्षण प्रक्रियामा नवीनतम सुधार गरी हरेक बालबालिकालाई समान अवसर प्रदान गर्ने लक्ष्यका साथ भविष्यमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न विद्यालय प्रतिवद्ध रहेको जानकारी दिँदै विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘अभिभावकीय भूमिका निभाउने क्रममा महिला दिवसको अवसर पारी प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौँ ।’

प्राचार्य सुमन पौडेलले स्वागत तथा कार्यक्रमको लक्ष्य, उद्देश्यबारे प्रकाश पारेको कार्यक्रममा कार्यक्रमको समग्र उपादेयता र समापन मन्तव्य विद्यालयका तहप्रमुख सुमन शेर्पा लामाले गरेकी थिइन् भने सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने
मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

ताजा समाचार

सबै

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.