Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, बैशाख १७, २०८३
☰
Logo बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५. यस्तो रहने छ आजको राशिफल

  • ६. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ७. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ८. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ९. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • १०. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

अङ्कुरम् एकेडेमीको प्रारम्भिक बालविकास र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण सम्पन्न

भरतपुर फागुन २४
अभिभावकीय भूमिका बहन गर्ने क्रममा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शनिबार प्रारम्भिक बालविकास (इसिडी) र मोन्टेसरी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यसवर्षको महिला दिवसको मुख्य सन्देश ‘गतिशील कार्यान्वयन’लाई आत्मसात गर्दै शिक्षा र सशक्तीकरणमार्फत लैङ्गिक समानतालाई अगाडि बढाउने लक्ष्यसहित भरपुरको पटिहानीस्थि होटेल सोल्टी वेस्टएन्डमा उक्त एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेकी तहप्रमुख सुमन शेर्पा लामाले विश्वभर विविध क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरुको स्मरण गर्दै प्रविधिमा महिलाको पहुँच विस्तार गरी महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानताको अन्त्यका लागि प्रयास गर्ने र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने लक्ष्यसहित मनाइने महिला दिवसको अवसरमा चितवनको शिक्षा क्षेत्रमा क्रियाशील महिलाहरुको सशक्तीकरणका लागि कार्यक्रमको आयोजना गरिएको बताइन् ।

‘सिद्धान्तदेखि कार्यान्वयनसम्म’ भन्ने मूल नाराका साथ ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा चितवनका विभिन्न पालिकाका मोन्टेसरी स्कुल र अन्य विद्यालयका प्रारम्भिक कक्षामा शिक्षण गर्ने शिक्षक÷शिक्षिकालाई प्रशिक्षण दिइएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

‘सबै महिला तथा बालबालिकाका लागि अधिकार तथा सशक्तीकरण’ भन्ने नाराका साथ विश्वभर ११५औँ नारी दिवस–२०२५ मनाइरहेको सन्दर्भमा विद्यालयले उक्त नारालाई कार्यान्वयन गर्ने सन्दर्भमा तालिमको आयोजना गरिएको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जालमा शुभकामना दिने र मौखिकरुपमा त्यसलाई लागू गर्ने भन्ने कुरा औपचारिकता मात्र हुने भएकोले त्यसको सही कार्यान्वयनका लागि तालिमको आयोजना गरेका हौँ ।’

तालिमका प्रशिक्षक सुष्मा दाहालले प्रारम्भिक बालविकासको आधार, वृद्धि र समग्र विकास, मोन्टेसरी र अन्य सिद्धान्तहरु तथा बालबालिकालाई बुझ्ने कला, समावेशी शिक्षा, बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता र शिक्षकको भूमिकाबारे प्रशिक्षार्थीहरुलाई प्रशिक्षित गरेकी थिइन् ।

प्रशिक्षक दाहालले प्रारम्भिक बाल विकासको आधारभित्र सुरक्षित प्रसव, नवजात शिशुको पोषण, उसको सुरक्षा र स्वास्थ्य, संज्ञानात्मक उत्तेजना र पौष्टिक खानाबारे बाबुआमा सचेत रहनुपर्ने बताइन् । प्ले ग्रुप वा प्रि–स्कुलमा प्रारम्भिक बाल्यकाल विकासका महत्वपूर्ण पक्षहरु पार गरेर मात्र बालकालिका प्राथमिक विद्यालय प्रवेशको लागि योग्य हुने उनको भनाइ थियो ।

त्यस्तै, अर्की प्रशिक्षक सावित्री तिमिल्सिनाले प्रशिक्षार्थीहरुले अहिले आफ्ना विद्यालयहरुमा लागू गरिरहेका अभ्यासहरु, स्थानीय स्रोतसाधनको प्रयोग गरेर रचनात्मक र आकर्षक सिकाइ प्रक्रिया सिर्जना गर्र्ने सीप, कक्षाकोठामा सहयोगी सिकाइ संस्कृतिको निर्माण, प्रारम्भिक बाल शिक्षामा नेतृत्व र नवीनताका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

प्रशिक्षक तिमिल्सिनाले नयाँ विचारहरुको खोजका लागि सुरक्षित वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको बताउँदै बालबालिकाका प्रारम्भिक वर्षहरुमा हामीले कार्यान्वयन गर्ने नवीनताले उनीहरुलाई जीवनभर सिक्ने र सफलताको निम्ति विविध चरणहरु तय गर्न सक्षम बनाउने बताइन् । उनले भनिन्, ‘प्रारम्भिक बाल विकास केवल समयसँगको तालमेल मात्र नभएर उनीहरुको उत्तम सुरूवात पनि हो,’ ‘नवीन अभ्यासहरुमार्फत बालबालिकाको विकासका समग्र पक्ष समेटिनु आवश्यक छ ।’

उक्त तालिममा शिक्षासँग सम्बन्धित व्यक्ति, विद्यालयका प्राचार्य, शिक्षिकाहरु तथा प्रारम्भिक बाल विकास विज्ञहरु गरी १०१ जनाको उपस्थिति थियो । बालबालिकाको समग्र विकास, समावेशी शिक्षण विधिहरु, मोन्टेसरी शिक्षण पद्दति तथा प्रारम्भिक शिक्षामा नेतृत्व विकासजस्ता विषयमा केन्द्रित रही सहभागीहरुलाई उपयोगी ज्ञान तथा नवीनतम शिक्षण विधिहरु प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा प्रशिक्षितहरुको योगदानले भविष्यका पुस्ताहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।

गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्दै शिक्षण प्रक्रियामा नवीनतम सुधार गरी हरेक बालबालिकालाई समान अवसर प्रदान गर्ने लक्ष्यका साथ भविष्यमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न विद्यालय प्रतिवद्ध रहेको जानकारी दिँदै विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर चन्दले भने, ‘अभिभावकीय भूमिका निभाउने क्रममा महिला दिवसको अवसर पारी प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौँ ।’

प्राचार्य सुमन पौडेलले स्वागत तथा कार्यक्रमको लक्ष्य, उद्देश्यबारे प्रकाश पारेको कार्यक्रममा कार्यक्रमको समग्र उपादेयता र समापन मन्तव्य विद्यालयका तहप्रमुख सुमन शेर्पा लामाले गरेकी थिइन् भने सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने
सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

ताजा समाचार

सबै

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् :सांसद कार्की

दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

नारायणगढ-बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५.
    यस्तो रहने छ आजको राशिफल

  • ६.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.