Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

अमेरिकासँग अर्को साता हुने वार्ता ‘अर्थपूर्ण’ हुने आशामा जेलेन्स्की, रुस के भन्छ ?

बीबीसी, फागुन २३ –
अर्को साता साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुन लागेको र त्यो वार्ता ‘अर्थपूर्ण’ हुने आफूले आशा गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

उक्त समयमा जेलेन्स्की पनि साउदी अरबमा हुने छन्। तर उनी वार्तामा सहभागी हुने छैनन्। आफूहरू “चाँडो र दीर्घकालीन शान्ति” हासिल गर्न कार्यरत रहेको किएभले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस-युक्रेन युद्ध अन्त्य गर्न आवश्यक “शान्तिका निम्ति प्रारूप” पहिल्याउने कोसिस गर्ने बताए।
चर्काचर्की र ‘क्षमायाचना’
गत शुक्रवार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक चर्काचर्की भएको थियो – त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताएका थिए। लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन अनि खुफिया जानकारी दिने काममा रोक लगाइदियो।
युक्रेनी राष्ट्रपतिले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकासँगको सम्बन्ध सुधार्न खोजे। युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो।

बिहीवार ट्रम्पले जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको विट्कफले बताए। उक्त पत्रमा “क्षमायाचना” तथा “कृतज्ञता” झल्किएको पनि उनले बताए।

“आशा गरौँ अब युक्रेनीहरूसँगका मामिला सही मार्गमा आउने छन् र पुरानो अवस्थामा फर्किने छन्,” विट्कफले भने।

शान्ति वार्ताका अगाडि आफ्ना तर्फबाट “छुट’हरू दिन युक्रेनमाथि अमेरिकाको चर्को दबाव परेको छ भने युक्रेनी राष्ट्रपतिले चाहिँ किएभका लागि दृढ सुरक्षा सुनिश्चितता खोजेका छन्।

शान्तिको प्रस्ताव

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनको अतिक्रमण गरेको थियो। उसले हाल युक्रेनको २०% भूभागमा नियन्त्रण जमाएको छ।

बिहीवार ब्रसल्समा आयोजित युरोपेली युनियनको आपत्कालीन बैठकमा भाग लिएलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्ट गर्दै साउदी अरबमा अमेरिका-युक्रेन वार्ता हुन लागेको घोषणा गरे।

ब्रसल्स बैठकमा युरोपेली नेताहरूले रक्षा खर्च वृद्धिका योजना अनुमोदन गरेका छन्।

“युक्रेनी र अमेरिकी टोलीहरूले काम फेरि थालेका छन्। अर्को साता अर्थपूर्ण बैठक हुने छ भनेर हामी आशा गर्छौँ,” जेलेन्स्कीले एक्समा लेखेका छन्।

“युद्धको प्रारम्भिक समयदेखि नै युक्रेनले शान्ति चाहिरहेको छ। रुसका कारण युद्ध चलिरहेको हामीले सधैँ भन्दै आएका छौँ।”

युद्ध अन्त्यको आवश्यकता स्वीकार गर्ने गरि मस्कोमाथि थप दबाव दिन उनले विश्वसमुदायलाई आह्वान गरेका छन्।

यो साता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले प्रस्ताव गरेको युद्धविरामको योजनालाई पनि जेलेन्स्कीले इङ्गित गरेका छन्। उक्त प्रस्तावित योजनामा हवाई तथा सामुद्रिक क्षेत्रमा युद्धविराम गर्नुका साथै ऊर्जा एवं गैरसैनिक संरचनामा हमला गर्न बन्द गरिनुपर्ने उल्लेख छ।

रुस के भन्छ
रुसले फ्रान्सको प्रस्तावबारे सार्वजनिक टिप्पणी गरेको छैन।

बिहीवार पुटिनले मस्कोले यस्तो शान्ति चाहिरहेको “जसले हाम्रो देशमा दीर्घकालसम्म शान्तिको निश्चितता गरोस्” भनेका छन्।

“हामीलाई अरूको केही चाहिएको छैन। तर हाम्रो केही पनि छाड्ने छैनौँ,” उनले भने।

रुसले सन् २०१४ मा युक्रेनको दक्षिण भागमा रहेको क्राइमिया प्रायःद्वीप आफूमा गाभेको थियो भने युक्रेनको दक्षिणपूर्वमा रहेका थप चार क्षेत्र उसैको भएको दाबी गर्दै आएको छ। तर ती क्षेत्रमा मस्कोको पूर्ण नियन्त्रण छैन।

पछिल्ला साताहरूमा डोनल्ड ट्रम्पले रुससँग सम्पर्क राखेकामा युक्रेन र उसका युरोपेली साझेदारहरूले चिन्ता प्रकट गरेका छन्।

ट्रम्पले निर्वाचनकै बेला युद्ध चाँडै टुङ्ग्याइदिने वाचा गरेका थिए। गत महिना अमेरिका-रुसबीच कुनै युरोपेली वा युक्रेनी प्रतिनिधिबिना नै साउदी अरबमा प्रारम्भिक वार्ता भएको थियो।

हालै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग स्थगन गर्नुलाई ट्रम्प प्रशासनका अधिकारीहरूले किएभलाई अमेरिकी अगुवाइमा हुन लागेका शान्ति वार्तामा सहयोगी बनाउन चालिएको कदम भनेका छन्।

तर मस्कोमाथि त्यस्तै सहयोगका लागि कुनै अमेरिकी दबाव दिइएको सार्वजनिक भएको छैन।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech