चितवन, माघ २८ –
नेकपा (एमाले) माडी नगर कमिटी चितवनको अध्यक्षमा पुनः नारायण प्रसाद अधिकारी चयन भएका छन् ।
हिजो आइतबार राति सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा ६८ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं, उपसचिवहरुमा कृष्णराज अधिकारी र गिता विक चयन भएका एमाले चितवनका अध्यक्ष श्याम विष्टले जानकारी दिए ।
शनिबार एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले अधिवेशनको उद्घाटन गरेका थिए ।
उद्घाटनसत्रमा भानुभक्त ढकालसहित एमाले पोलिटब्युरो सदस्य देवी ज्ञावली, केन्द्रीय सदस्यहरु प्रभा बराल, यम बहादुर परियार, शिव कुमारी गोतामे, कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने, एमाले चितवनका उपाध्यक्ष श्याम विष्ट, नेताहरु शिवहरी सुवेदी, तारा कुमारी काजी महतो र शंकर थपलियाले शुभकामना मन्तव्य राखेका थिए ।
नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रलाई श्रीप्रसाद दवाडीले सञ्चालन गरेका थिए भने रामेश्वर चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
यम बहादुर परियारको अध्यक्षता र श्याम विष्ट, शिव सापकोटा, सुदिप रेग्मी, शिवहरी सुवेदी, कमल रामदाम, श्रीप्रसाद दवाडी, नारायण पौडेल, ताराकुमारी काजी महतोको सदस्यतामा बनेको अध्यक्ष मण्डलले सर्वसम्मतबाट नयाँ कमिटी चयन गराउन सफल भएको हो ।
अधिवेशनले नगर लेखा आयोग समेत चयन गरेको छ । लेखा आयोगको अध्यक्षमा श्यामबन्धु पोखरेल, उपाध्यक्षमा दिपेन्द्रराज पौडेल, सचिवमा सुर्यकान्त खनाल चयन भएका छन् ।