काठमाडाैं, माघ १७ –
अमेरिकन एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ । उद्धार टोलीले १८ जनाको शव बरामद गरेको बीबीसीले जनाएको छ । खोजी टोलीले अहिलेसम्म कोही पनि जीवित फेला पार्न सकेको छैन।
अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एयरलाइन्सको विमान आकाशमै हेलिकप्टरसँग ठोक्किएको थियो ।
स्थानीय समयानुसार राति ९ बजे विमान र हेलिकप्टर ठोकिएर रेगन वाशिंगटन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटना भएको हो ।
डीसी फायर र ईएमएस विभागका अनुसार विमान डीसी हुँदै बग्ने पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको थियो ।
यात्रुवाहक विमानसँग ठोक्किएको हेलिकप्टरमा ३ जना सैनिक सवार थिए । उनीहरू चालक दलकै सदस्य रहेको सीएनएनले जनाएको छ । विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार