Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

छ वर्षको उमेरकै आसपास बालिकाहरूमा महिनावारी सुरु हुनुका के हुन् कारण ?

काठमाण्डौं, पुस २७ –
एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्। “म त्यस्तो कलिलो उमेरमा यो देखेर आत्तिएँ। उनी साना कुरामै झर्किन थालेकी थिइन्। ती परिवर्तनहरूले मलाई चिन्तामा पार्‍यो,” उनले भनिन्।

अर्चना उनको वास्तविक नाम होइन। उनी आफ्नो परिवारसँग पश्चिम भारतको सतारा जिल्लामा बस्छिन्। उनी खेतबारीबीच रहेको एउटा सानो घरमा आफ्ना श्रीमान् र दुई सन्तानसाथ बस्छिन्। उनका एक छोरा र छोरी छन्। अर्चनाले आफ्नी छोरी उमेरभन्दा ठुली देखिन थालेपछि चिकित्सककहाँ लैजाने निधो गरिन्।

‘हामीलाई त्यो स्वीकार्न गाह्रो भयो’

त्यसैबीच दिल्लीमा बस्ने राशीले समेत आफ्नी छोरीको शरीरमा परिवर्तनहरू देखिरहे तापनि त्यसलाई सामान्य ठानिरहेकी थिइन्। उनकी छ वर्षीया छोरीको तौल ४० केजीको थियो र त्यसलाई उनी “स्वस्थ” सन्तान ठानेकी थिइन्। तर एक दिन राशीकी छोरीले अचानक आफ्नो रक्तस्रावको भएको सुनाइन्।

कित्सककहाँ पुगेपछि उनकी छोरीको महिनावारी सुरु भएको थाहा भयो। “हामीलाई त्यो स्वीकार्न निकै कठिन भइरहेको थियो। मेरी छोरीले आफूलाई भइरहेको कुरा बुझ्न सकिरहेकी थिइनन्,” राशीले भनिन्। त्यसैबेला एक स्थानीय चिकित्सकले अर्चनालाई एक प्रशुतिरोग विशेषज्ञलाई भेट्न सुझाए।

“अर्चनाले आफ्नी छोरीलाई हामीकहाँ ल्याएपछि उनको जाँच गरेर हेर्दा यौवन अवस्थाका सबै लक्षण उनमा पाइए। उनको शरीर १४ देखि १५ वर्षीया किशोरीको जस्तो थियो र उनको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो,” पुणेस्थित मदरहुड अस्पतालका डा सुशील गरुडले भने।

डा गरुडका अनुसार ती बालिकामा हर्मोनको तह सामान्यतः उनको उमेरमा हुनेभन्दा निकै नै धेरै थियो। त्यसको कैयौँ कारण हुन सक्छन्। “अर्चनाले मलाई बताए अनुसार उनको घरमा दुई वटा पाँच केजीका विषादी राखिएका डिब्बा छन् र उनकी छोरी तिनकै छेउछाउ खेल्ने गर्छिन्। त्यसैले यो ती बालिकाको हर्मोनहरू परिवर्तन हुने एउटा मुख्य कारण हुनसक्छ,” ती चिकित्सकले भने।

डा गरुडका अनुसार बालबालिकामा हुने समय अगावैका परिवर्तनलाई शीघ्र यौवनकाल भनिन्छ। यौवन अवस्था भनेको बालक वा बालिकाको शरीरमा परिवर्तनहरू देखा पर्ने, उनीहरूका यौनाङ्गहरू विकास हुन थाल्ने र सन्तान जन्माउने क्षमता विकास गर्ने प्रक्रिया हो। यसबेला धेरै केटाहरूको जुँगादारी र यौनाङ्ग वरपर रौँ आउने र स्वर धोद्रो हुने गर्छ भने केटीहरूमा यौनाङ्ग वरपर रौँ आउने र स्तनको आकार बढ्ने एवं महिनावारी सुरु हुने गर्छ।

केटीहरूका हकमा ८ देखि १३ वर्ष र केटाहरूका हकमा ९ देखि १४ वर्षको उमेरबीचमा यौवन अवस्था सुरु हुनुलाई सामान्य मानिछ। डा वैशाखी रुस्तेगी एकजना बालरोगविज्ञ तथा किशाोरावस्थामा हर्मोनसँग सम्बन्धित रोगका विज्ञ हुन्। उनले साना केटीहरूमा पछिल्ला केही वर्षमा त्यस्तो परिवर्तन देखा परेको बताउँछिन्।

“हामीले केटीहरूमा सुरुवाती शारीरिक परिवर्तनहरू देखिन थालेको १८ महिनादेखि ३ वर्षकाबीचमा महिनावारी हुनेगरेको देख्नेगर्थ्यौँ। अहिले उनीहरूको तीनदेखि चार महिनाकाबीचमै महिनावारी सुरु हुन्छ,” उनले बीबीसीसँग भनिन्। उनले केटाहरूमा समेत यौवन अवस्था सुरु भएको एकदेखि डेढ वर्षमै जुँगादारी पलाउन थालेको समेत सुनाइन्। जबकी विगतमा त्यस्तो विकास हुनका लागि चार वर्षसम्म लाग्ने गर्थ्यो।

इन्डिअन इन्स्टिच्युट अफ मेडिकल रिसर्च (आईसीएमआर) मा बाल स्वास्थ्य सम्बन्धी अध्ययन विभाग (एनआईआरआरसीएच) की डा सुचित्रा सुर्भीले आफ्नो एक अध्ययनमा समय अगावै यौवन अवस्था सुरु हुने क्रममा वृद्धि देखिएको बताउँछिन्।

न्याश्नल इन्स्टिच्युट फर रिसर्च इन रिप्रोडक्टिभ एण्ड चाइल्ड हेल्थ (आईसीएमआर-एनआईआरआरसीएच) ले दुई हजार जना बालिकाहरूमा गरेको एक अध्ययनले आमाहरू प्राय: त्यस्ता यौवनका लक्षण बुझ्न असफल भएको पाएको थियो। सो संस्थाले नौ वर्ष मुनिका बालिकाहरूमा समय अगावै देखिने यौवन अवस्थासँग जोडिएर आउने कारक र त्यसका जोखिमबारे अध्ययन गरिरहेको छ।

सन् २०२० मा मुम्बईको बाई जेरबाई वाडीया अस्पताल र आईसीएमआर मिलेर छ देखि नौ वर्षबीचका बालिकाहरूमा हुने समय अगावैका यौवन अवस्था सम्बन्धी शिविर सञ्चालन गरिएको थियो। उक्त अस्पतालको बाल रोग विभागमा काम गर्ने डा सुधा राउले भनिन्: “छ देखि नौ वर्षबीचका ६० जना बालिकाहरूले समय अगावैको यौवन अवस्था सामना गरेका थिए जसमध्ये केहीको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो।”

के कारण समयअगावै यौवन अवस्था निम्तिन्छ ?

चिकित्सकहरू यसका कारण धेरै प्रकारको हुने ठान्छन्। यससम्बन्धी अध्ययनहरू जारी रहेकाले त्यसको एउटै ठोस कारण भन्न सकिने अवस्था समेत छैन। उनीहरूका अनुसार विषादी, खानामा प्रयोग हुने प्रिजर्भेटिभ्स , प्रदूषण र मोटोपन यसका केही सम्भावित कारणहरूमध्ये हुन सक्छन्। मुम्बईमा साना केटीहरूमा देखिने समस्याबारे अध्ययन गरिरहेका डा प्रशान्त पटिलका अनुसार मोटोपन यस्तो अवस्थाका लागि एउटा ठूलो जोखिमयुक्त पक्षका रूपमा छ। कोभिड-१९ महामारीका बेला बढेको मोटोपनसँगै यस्तो समस्यामा वृद्धि देखिएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार ५ देखि १९ वर्षको उमेर समूहका ३९ करोडभन्दा धेरै बालबालिका र किशोर-किशोरीमा मोटोपनको समस्या देखिन्छ भने त्यसमध्येका १६ करोडमा अत्यधिक मोटोपन रोगकै अवस्थामा छ। अत्यधिक मोटोपन लामो समयदेखि रहने एउटा जटिल रोगका रूपमा छ जसका कारण शरीरमा अत्यधिक बोसो जम्मा हुँदा स्वास्थ्यमा हानि पुग्छ।

त्यो ‘बडी मास इन्डेक्स’ (बीएमआई) का आधारमा मापन गरिन्छ जसमा बालबालिका वा किशोर किशोरीहरूको जन्मँदाखेरीको यौनिक अवस्था, उमेर, तौल र उचाइसँग जोडेर हेर्ने गरिन्छ। मोबाइल फोन, टेलिभिजन वा अन्य स्क्रीनहरू र व्यायामको कमी समेत त्यस्ता जोखिम निम्त्याउने पक्षका रूपमा छन्।

डा वैशाखीका अनुसार पछिल्ला दुई वा तीन वर्षमा दैनिकजसो उनको बहिरङ्ग विभागमा पाँचदेखि छजना बालिकाहरूमा महिनावारीको घटना आउने गरेको छ। “मैले भेट्ने आमाहरूले केटीहरूका हकमा एप्रिल महिनामा परिवर्तनहरू देखिन थाल्ने र जुन-जुलाईमा महिनावारी सुरु हुने बताउँछन्। अहिले केटाहरूका हकमा समेत त्यस्ता घटना देखिँदैछ,” उनी भन्छिन्।

उनले स्क्रीन हेरेर बिताइने समयले समेत अप्रत्यक्ष रूपमा समय अगावैको यौवन अवस्था सिर्जना गराउने गर्छ। दुवै अर्चना र राशीका छोरीहरूको कम्तीमा १० वा ११ वर्ष नपुग्दासम्म महिनावारी ढिलो गराउनका लागि उपचार भइरहेको छ। चिकित्सकहरूले हालको उमेरमा ती बालिकाहरू आफ्नो ख्याल राख्नका लागि परिपक्व नहुने र उनीहरूलाई महिनावारीका बेला सरसफाइ गर्न कठिन हुनसक्ने बताउँछन्।

ती दुवै चिकित्सकहरू समय अगावै यौवन अवस्था सामना गर्ने बालिकाहरूमा मनोवैज्ञानिक समस्याहरू देखा पर्न सक्ने बताउँछन्। अध्ययनहरूले ती बालिकाहरूमा जीवनभर आफ्नो शरीरको बनोट सम्बन्धी समस्याहरू हुनसक्ने र सानैमा शरीरमा हुने परिवर्तनले साथीहरूले जिस्क्याउने-होच्याउने समस्या हुनसक्ने पाएका छन्। – बीबीसी नेपालीबाट

Chitwan Aaja चितवन आज
शनिबार, पुष २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

ताजा समाचार

सबै

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.