काठमाडाैं, पुस ८ –
जाडो मौसममा हाम्रो शरीरमा स्वास्थ्यसँग सम्बन्धित धेरै रोगहरूको जोखिम बढ्न सक्छ। त्यसैले आफूलाई स्वस्थ राख्नका लागि त्यस्ता खाद्य पदार्थको सेवन गर्नुपर्छ, जुन स्वास्थ्यका लागि उपयोगी छन्।
उदाहरणका लागि, कोदो एउटा उच्च फाइबरयुक्त अन्न हो । जसमा क्याल्सीयम, भिटामिन र खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ। कोदोको ढिँडो, रोटी, खोले लगायतका थुप्रै परिकार बनाएर खान सकिन्छ ।
यस अन्नको सेवनले हड्डीलाई बलियो बनाउनका साथै धेरै समस्याहरू समाधान गर्न मद्दत गर्छ। आउनुहोस्, कोदोलाई आहारमा समावेश गर्दा हुने फाइदाहरूबारे जानौं :
मोटोपनमा कमी ल्याउँछ
जो व्यक्तिहरू मोटोपनको समस्याबाट पीडित छन् र तौल घटाउन सकिरहेका छैनन्, तिनीहरूलाई आहारमा कोदो समावेश गर्न सक्छन् । यसको निरन्तर सेवनले मोटोपनलाई सजिलै कम गर्न मद्दत गर्छ।
जोर्नीको दुखाइमा राहत
जोर्नीको दुखाइ र जकडनबाट आराम पाउनका लागि जाडो मौसममा कोदोको सेवन गर्नुहोस्। अन्य अन्नको तुलनामा कोदोमा क्याल्सीयमको मात्रा बढी हुन्छ, जसका कारण यो हड्डीको दुखाइमा फाइदाजनक मानिन्छ।
ब्लड सुगर नियन्त्रणमा राख्छ
कोदोको सेवनले मधुमेहका बिरामीलाई पनि फाइदा पुर्याउँछ। यसले ब्लड सुगर स्तरलाई नियन्त्रणमा राख्नुका साथै सुन्निने समस्या पनि कम गर्दछ। यसमा फाइबर र पोलिफेनोल्स हुन्छन्, जसले जाडो मौसममा मधुमेहका बिरामीहरूको पाचन प्रणालीलाई स्वस्थ राख्छ र खानाको तृष्णा कम गर्दछ।
बन्द रक्तनली खुलाउँछ
कोदोमा डाइटरी फाइबरको मात्रा धेरै हुने भएकाले यसले प्रशोधन भएका हानिकारक खाने कुराको कारणले बन्द भएका रक्तनलीहरूलाई सफा गर्न मद्दत गर्दछ।