काठमाडौँ, ४ पुस-
शरीरको मुख्यद्वार हो मुख, सधैं हँसिलो र फुर्तिलो हुन मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । तर, बेलाबेलामा दाँत दुख्ने समस्याले सताई रहन्छ ।
दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्नेलगायत समस्या निम्तिने गर्छन् ।
अझै चिसो मौसममा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ बढी हुने गर्छ ।
अब के गर्ने त ?
दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।
खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोट सेवन गर्दा दाँतमा समस्या हुन्छ ।
सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वास्थ्य रहन सकिन्छ ।
खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रो सँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार